प्रधानमन्त्री कप महिला टी–२० मा प्रदेश १, गण्डकी र एपीएफको जित

आदर्श समाज सम्वाददाता
असार ६, २०७६
PM Cup T-20 Cricket Province 1

पोखरा । प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा प्रदेश १ विजयी बनेको छ । प्रतियोगिताको पाँचौ खेलमा प्रदेश नम्बर २ र प्रदेश १ बीचको खेलमा प्रदेश १ ले ८ विकेटले जित निकाल्यो ।

प्रदेश २ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियोे । फलस्वरूप प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट क्षति मात्र ७१ रन बनाउन सकेको थियोे ।

प्रदेश २ का लागि शान्ति चौधरीले सर्वाधिक ४८ बल खेल्दै सर्वाधिक १४ रन बनाउदा शोभा आले र सरस्वती चौधरीले समान १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर जोड्न सकेनन् ।

बलिङतर्फ प्रदेश २ का लागि कप्तान रुविना क्षेत्रीले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिन सफल हुँदा अप्सरी बेगमले ३ ओभर बलिङ गर्दै १२ रन खर्चेर महत्वपूर्ण २ विकेट लिन सफल भइन् ।

७२ रनको झिनो विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको प्रदेश १ ले निर्धारित २० ओभरको खेलमा १४ दशमलव २ ओभर खेल्दै २ विकेट क्षति ७५ रन बनाउँदै रोमाञ्चक ८ विकेटको जित आफ्नो नाममा दर्ता गराउन सफल भएको छ ।

ब्याटिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ४५ बल खेल्दै अविजित २६ रन बनाउदा काजोल श्रेष्ठ १९ रन, रोमा थापा १४ रन तथा अप्सरी बेगमले अविजित ४ रन बनाउँदै आफ्नो टिमलाई रोमाञ्चक ८ विकेटले जिताउन सफल भइन ।

बलिङतर्फ प्रदेश २ का लागि सन्तोषी चौधरी र सरस्वती चौधरीले समान १ विकेट लिन सफल भएपनि आफ्नो टिमलाई जिताउन सकेनन् । खेलकी प्रदेश १ कि कप्तान रुविना क्षेत्री वुमन अफ दी म्याच बनिन् ।

यस्तै, दोस्रो खेलमा प्रदेश ५ लाई ८ विकेटले हराउदै गण्डकीले जित हासिल गरेको छ । दोस्रो खेलमा पहिले टस जितेर ब्याटिङ रोजेको गण्डकी प्रदेशले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ७८ रन बनाएको थियो । उसका लागि सर्वाधिक शुशिला गुरुङले १९ रन र श्रृष्टि पौडेलले १८ रनको योगदान दिए ।

७९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको प्रदेश ५ ले १२ दशमलव २ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । उसका लागि सर्वाधिक गिता गोसाईले २० र निरु थापाले १० रन जोडे ।

यसअघि, प्रतियोगिताको चौथो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ १० विकेटले विजयी बनेको थियो । सुदूर पश्चिम प्रदेशलाई हराउँदै एपीएफले जित हासिल गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको सुदूर पश्चिम प्रदेशले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९० रन बनाएको थियो । सुदूर पश्चिमका लागि कविता जोशीले सर्वाधिक २४ र रेवती धामीले २० रन जोडेकी थिइन् । ९१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १० दशमलव २ ओभरमा नटआउट हुँदै लक्ष्य हात पारेको थियो । एपीएफका लागि सीता रानामगरले ५१ रन र ज्योति पाण्डेले २८ रन जोडिन् ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width