श्याम, त्रिभुवन र गितालाई पुरस्कार

आदर्श समाज सम्वाददाता
असार ६, २०७६
safe_image

पोखरा, ६ असार । पत्रकार महासंघ कास्कीद्वारा स्थापित पोखरा पत्रकारिता सम्मान पत्रकार श्यामनाथ कुँवरले पाउने भएका छन् ।

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार त्रिभुवन पौडेल र जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कार गिता रानामगरलाई प्रदान गरिने भएको छ । महासंघ कास्कीको शुक्रबार बसेको बैठकले प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गरेको हो ।

प्रत्येक वर्ष प्रदान गरिने पोखरा पत्रकारिता सम्मानको राशि ३५ हजार रुपैयाँ रहेको छ । यसअघि पत्रकार नारायण कार्की, कुसुमकेशव पराजुली, बद्रीविनोद प्रतीक, माधव शर्मा, पुण्य पौडेल, कृष्ण बाँस्तोला, दुर्गा बराल ‘वात्स्यायन’ र पोखरा महानगरपालिका सम्मानित भइसकेका छन् ।

सम्मानित हुने श्यामनाथ कुँवर समाधान दैनिकमा कार्यरत छन् । साढे दुई दशक पोखरामा रहेर पत्रकारिता गरेका उनी महासंघ कास्कीको विभिन्न जिम्मेवारीमा रहिसकेका छन् । पत्रकार कुसुमकेशव पराजुली संयोजक र कृष्णप्रसाद बास्तोला, दुर्गा बराल ‘वात्स्यायन’, महासंघ अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सेना सदस्य रहेको प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेको हो ।

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । पुरस्कृत हुने पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेल पोखरा हटलाइन दैनिकका सम्पादक हुन् । पत्रकार बद्रीविनोद प्रतीक संयोजक रहेको प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेको हो । समितिमा रवीन्द्र बाँस्तोला, रुपनारायण ढकाल, दीपेन्द्र श्रेष्ठ र रामप्रसाद तिमिल्सेना सदस्य थिए ।

जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । पुरस्कृत हुने पत्रकार गिता रानामगर एबीसी टेलिभिजनमा कार्यरत छन् । उनी महासंघ कास्कीका कार्यसमिति सदस्य हुन् । महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठिन प्रतिभा छनोट समितिले गिताको नाम सिफारिस गरेको थियो । समितिमा सरिता तिमिल्सिना, रुद्र श्रीस मगर, दीपेन्द्र श्रेष्ठ र रामप्रसाद तिमिल्सेना सदस्य थिए । पत्रकार महासंघ कास्कीको स्थापना दिवसका दिन असार १२ गते विहान सम्मान र पुरस्कार प्रदान गरिने अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width