कुटपिटबाट घाइते महिलाको मृत्यु

रासस
असार ६, २०७६
murdercrimedead-321015958_6

फाइल फोटो

लहान, ६ असार । सिसौको रूख काटेको विषयमा झडप हुँदा घाइते भएकी सिरहाको लहान नगरपालिकाकी एक महिलाको शुक्रवार मृत्यु भएको छ ।

रूख काटिएको विवादमा लहान नगरपालिका–१५ निवासी आशाराम महतो र उनका भाइ सुमेश्वर महतोले कुटपिट गर्दा घाइते भएकी लहान नगरपालिका–९ गोठ टोल निवासी ५३ वर्षीया तेतरीदेवी महतोको मृत्यु भएको हो ।

सिसौँँ रूख काटेको विषयमा विवादमा दाइ–भाइको कुटाइबाट घाइते तेतरीदेवीलाई लहान अस्पतालमा भर्ना गरिएकामा उपचार गराएर घर फर्केपछि आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । तेतरीदेवीको मृत्यु भएपछि कुटपिट गर्ने दुवै दाजुभाइ फरार भएका छन । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width