आगलागीमा एक घर जलेर नष्ट

आदर्श समाज सम्वाददाता
असार ५, २०७६
AAs3 (1)

लमजुङ, ५ असार । लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा भएको आगलागीमा एक घर जलेर नष्ट भएको छ । क्षति पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बेसीशहर नगरपालिका– ८ को सेराकुना स्थित घरमा आगलागी भएको प्रहरीले जनाएको छ । घरवाला स्थानीय लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका अध्यक्ष हुन् । मध्यान्ह दुई बजेको समयमा आगलागी भएको हो । सो घरसम्म जान दमकलका लागि सडक साँघुरो भएका कारणले बढी नोक्सान भएको प्रहरीले जनाएको छ ।

दमकल जिल्ला प्रहरी कार्यालय राख्ने गरिएको छ । सो स्थल र आगलाली स्थल सात सय मिटरको दुरीमा रहेको छ तर छोटो बाटोबाट दमकल छिर्ने ठाउँ नहुँदा पुरानो बैंक चोक, बुद्ध चोक हुँदै घुमेर आउनु परेको कारण १० मिटेन बढी समय लागेको थियो । जसका कारण घरका कुनै पनि वस्तु बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षण बसन्त पाण्डेले बताए । उनका अनुसार नोक्सानको विवरण मुचुल्का पछि मात्र आउँछ । सो आगलागी घरेलु मदिरा बनाउँदा भएको बुझिएको प्रहरी भनाई छ ।

Related News

सम्बन्धित समाचार

hero news full width