लागू औषध सहित गुरुङ पक्राउ

आदर्श समाज सम्वाददाता
असार ५, २०७६
photo-1517773015382-e8a6414bbe50

पोखरा,५ असार । पोखरा–१२ फूलबारी बस्ने ३३ बर्षीय राकेश गुरुङ अबैध लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराले बुधबार गुरुङलाई पोखरा–१२ फूलबारी स्थित उनकै कोठाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार राकेश गुरुङले लगाएको ट्राउजरको खल्तीभित्र सेतो प्लाष्टिक भित्र लुकाइृ राखेको अबस्थामा पाँच ग्राम ब्राउन सुगर फेला परेको हो । प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width