रुपामा तीन वटा चिस्यान केन्द्र स्थापन गरिंदै

आदर्श समाज सम्वाददाता
असार ४, २०७६
cold-stor-lg_5a1c45cacde71

पोखरा, ४ असार । कास्की जिल्लाको रुपा गाउँपालिका भित्र तीन वटा चिस्यान केन्द्र स्थापना गरिने भएको छ ।

गण्डकी प्रदेश सरकारको रु. ३० लाख र गाउँपालिकाको रु.२० लाख गरि कूल रु. ५० लाखको लागतमा चिस्यान केन्द्र स्थापना गरिन लागेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

उनका अनुसार गाउँपालिका अन्तर्गत तरकारीको पटेक क्षेत्रका रुपमा परिचित वडा नं ३ ताकाञ्जा, ६ को रुपाकोट र ७ को माझकोटमा दश टन क्षमताका छुट्टाछुट्टै तीन वटा चिस्यान केन्द्र स्थापना गरिने भएको हो ।

गाउँपालिकाका पोल्याङ, पिप्ले, रुपाकोट, सिर्कुतान र देउराली, लगायतका उर्वर फाँटहरुमा उत्पादीत ताजा तरकारी तथा फलफुल भण्डारणमा चिस्यान केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएकोछ ।

चिस्यान केन्द्र स्थापनासंगै सो क्षेत्रमा तीन सय भन्दा बढी मैसामी तथा वेमौसमी तरकारी कृषक लाभान्वित हुनुको साथै आयआर्जनमा समेत थप टेवा पुग्ने विश्वास लिइएकोछ ।

Related News

सम्बन्धित समाचार

hero news full width