दलित पत्रकारको राष्ट्रिय भेला तयारी

आदर्श समाज सम्वाददाता
असार ४, २०७६
Federation of Nepali Journalists President Mahendra Bista

पाल्पा,४,असार । पाल्पामा असार १०–११ गर्न लागिएको दलित पत्रकारको राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । भेला सफल पार्न शाखा अध्यक्ष राजेशकुमार अर्यालको संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।

कार्यसमितिका पदाधिकारी, सल्लाहकार, केन्द्रीय तथा प्रदेश पार्षद्, विभिन्न सञ्चार माध्यमका प्रमुख यसको सदस्य रहेको पत्रकार मिलन विश्वकर्माले जानकारी दिए । भेला सफल पार्न विभिन्न उपसमिति समेत गठन भएका छन् ।

महासंघ पाल्पा शाखाका कोषाध्यक्ष मिलन विश्वकर्माको संयोजकत्वमा सचिवालय समेत संचालनमा ल्याइसकिएको छ । जगदिश भट्टराईको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरिएको छ । यसैगरी भगवान भण्डारी संयोजक, खाद्य तथा आवास व्यवस्थापन समितिको संयोजकमा शाखा उपसभापति भरत शर्मा छन् ।

राजेन्द्र लिगल संयोजक रहेको मञ्च व्यवस्थापन उपसमिति, रेखिराम राना संयोजक रहेको स्वयम्सेवक उपसमिति गठन भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना र पाल्पा शाखाको आतिथ्यतामा हुने सम्मेलनमा देशभरबाट झण्डै एकसय बढी पत्रकारको सहभागिता रहने छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width