लागु औषध सहित पोखराबाट दुई पक्राउ

आदर्श समाज सम्वाददाता
असार ४, २०७६
photo-1517773015382-e8a6414bbe50

पोखरा, ४ असार । प्रहरीले लागूऔषध सहित पोखराको लेकसाइड र वगालेटेलबाट दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा–६ लेकसाइडको नारेश्वरमा डेरागरी बस्ने रुपेश अधिकारीलाई अवैध लागु औषध व्राउनसुगर सहित पक्राउ गरेको हो । अधिकारीलाई प्रहरीले सेतो प्लाष्टिक भित्र लुकाई राखेको अवस्थामा सात ग्राम व्राउनसुगर सहित पक्राउ गरेको लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराले जनकारी दिएको छ ।

त्यस्तै पोखरा–८ वगालेटोलबाट ४९ बर्षीय कुमार गुरुङलाई लागु औषध सहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा उनीमाथि शंका लागि खानतलासी गर्दा उनको कालो रंगको झोलावा अबैध लागु औषध बुप्रिनर्फिन ईन्जेक्सन दुई एमएलको १२३ एम्पुल, डाइजापाम ईन्जेक्सन दुई एमएलको १२३ एम्पुल र फेनरागन ईन्जेक्सन दुई एमएलको १२३ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width