पोखरा सिटी टूर गाइड एशोसिएसनले मंगलबार पोखरामा नेपाल भ्रमण वर्ष २०२० सफलतामा टूर गाइडको भूमिका र उनीहरुले भोग्दै आएका समस्या तथा चुनौतीविषयक अन्तक्र्रिया गरेको छ। कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको थियो।
सो अवसरमा बोर्डको गण्डकी कार्यालयका प्रमुख निर्देशक मणिराज लामिछानेले आफूलाई समयसँगै अद्यावधिक गरेर अगाडि बढ्न टूर गाइडलाई सुझाव दिए।
बोर्ड गाइडहरुसँग सहकार्य गर्न सदा तत्पर रहेको भनाइ पनि उनले राखे। पर्यटन मन्त्रालयले गठन गरेको विज्ञ टोलीका सदस्य वासुदेव त्रिपाठीले टूर गाइडले एड्भान्स तालिम पनि लिन जरुरी भएको भन्दै संस्थालाई नमुना संस्था बनाएर लैजान सुझाव दिए।
पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले टूर गाइडको संस्थालाई प्रदेशस्तरीय बनाउन सुझाव दिए। पश्चिमाञ्चल होटल संघ पोखरा अध्यक्ष विकल तुलाचनले समयसँगै ज्ञान आर्जनमा पनि टूर गाइडले ध्यान दिनुपर्ने सुझाव दिए। एशोसिएसन अध्यक्ष कृष्ण भारतीको अध्यक्षतामा भएको कार्यक्रममा नाट्टा गण्डकीका अध्यक्ष सन्तोष पोखरेल र टूर गाइड रामबाबु बस्ताकोटीले भनाइ राखेका थिए।
कार्यक्रममा संस्थाको परिचय तथा कार्यक्रमबारे संस्थाका उपाध्यक्ष दिनेश गौतमले बोलेका थिए।
सो अवसरमा स्वागत मन्तव्य संस्थाका सदस्य विपीनराज सापकोटा र संचालन सचिव निर्मला सुवेदीले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
गण्डकीको हिउँदे अधिवेशन आह्वान
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१