वझाङ र मकवानपुरमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ। दुर्घटनामा ३५ घाइते भएका छन्।
बझाङको सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टागाउँपालिका जाँदै गरेको से१ज १०७२ नं को जीप मष्टा–१ डौँठी भन्ने ठाउँमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।
वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाउँमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै समस्या भएको थियो।
जीप दुर्घटनामा परी मृत्यु हुने नौ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उनका छोरा, जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेका वडा प्रहरी कार्यालय चैनपुरका नायब निरीक्षक महानन्द जोशीले जानकारी दिए। घटनास्थलमा खटिएका स्थानीयवासी रामचन्द्र रोकायाका अनुसार घाइतेको उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लैजाने काम भइरहेको छ। मौसम खराब रहेका कारण हेलिकोप्टर उड्न नसकेको बताइएको छ।
अहिलेसम्म नौ जनाको शव फेला परेको र जीप भिरमा अड्किएको अवस्थामा रहेको बताइएको छ।
उता, हेटौँडाबाट पथलैया जाँदै गरेको यात्रुवाहक बस हेटौँडाको चुरियामाई मन्दिरनजिक सडकबाट खोलामा खसेर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना५ख ४०१५ नम्बरको बस सडकबाट खोलामा खस्दा हेटौँडाकी २५ वर्षीया पार्वती अधिकारीको मृत्यु भएको हो।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरूको उद्धार गरिएको छ। उनीहरूको हेटौँडा अस्पताल तथा चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।
सो दुर्घटनामा ६ जना गम्भीर घाइते भएकाले भरतपुर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। तीव्र गतिमा गुडेको बस घुम्तीमा अनियन्त्रित भएकाले दुर्घटना भएको प्रहरीले जनायो।
Related News
सम्बन्धित समाचार
कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
नुहाउन गएका दिदीबहिनीको दहमा डुबेर मृत्यु
घर छाड्ने सल्लाह हुँदै थियो, पहिरोले लतार्यो
पुरुनचौर पहिरो : मृतक ५ जनाको सामूहिक दाहसंस्कार
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१