देउरालीमा स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
असार ३, २०७६
health photo_Fotor

रुपा गाउँपालिका– ५ देउरालीमा शनिवार निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ। उक्त शिविरबाट ६०५ जना स्थानीयले निःशुल्क स्वास्थ्य जाँच तथा औषधि प्राप्त गरेका छन्।

सिद्धार्थ क्लब पोखरा, सिद्धार्थ हेल्थ केयर प्रा.लि र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा रुपा गाउँपालिका निशुल्क स्वास्थय शिविर संचालनमा ल्याइएको हो। उक्त शिविरको उद्घाटन रुपा गाउापालिका–५ का वडाध्यक्ष टेकबहादुर गुरुङले गरेका हुन। उक्त अवसरमा वोल्दै क्लबले गरेका शैक्षिक तथा स्वास्थ्य लक्षित कार्यक्रमले सामाजिक सेवामा सहयोग पुर्याउने बताए।

क्लबका अध्यक्ष विनोदप्रसाद श्रेष्ठले सामाजिक कार्यमा क्लबले सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे। पोखरा सिद्धार्थ हेल्थ केयर का प्रबन्ध निर्देशक मनबहादुर गुरुङ्गले स्वास्थ्यलाई ध्यानमा राखी सामाजिक दायित्व प्रति प्रतिवद्ध रहेको भनाइ व्यक्त गरे।

शिविरमा वालरोग, स्त्रीरोग, पेट, छाति तथा मुटुरोग, हाडजोर्नी तथा नशारोग, दन्त सेवा, ई.सि.जी., भिडियो एक्स– रे, ल्याब सेवा, आँखा जाँच गरी ६०५ जनाले निःशुल्क स्वास्थ्य तथा औषधि सेवा प्राप्त गरेका हुन्। कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष पार्वती माकाजू र संचालन सचिव प्रमोद नारायण श्रेष्ठले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width