नेवाः दबु गठन

आदर्श समाज सम्वाददाता
असार ३, २०७६
nawa_Fotor

नेवा : दबु शुक्लागण्डकी नगर समन्वय समितिको आयोजनामा शुक्लागण्डकी नगरपालिकाका क्षेत्र भित्रका नेवारी महिला दिदीबहिनीहरुलाई समेट्दै दुलेगौंडामा मिसा(महिला) नेवाः दबु गठन गरिएको छ।

नव गठित समितिको अध्यक्षमा ईश्वरी श्रेष्ठ, उपाध्यक्षमा शान्ति श्रेष्ठ, सचिवमा शर्मिला श्रेष्ठ, सहसचिवमा सुजल श्रेष्ठ, कोषाध्यक्षमा बेलु मल्ल, सदस्यहरुमा मसिनी श्रेष्ठ, सन्तु श्रेष्ठ, निर्मला श्रेष्ठ, शर्मिला श्रेष्ठ, रुपा श्रेष्ठ, नीरमाया श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, बिमला श्रेष्ठ, शोभिता कुमारी श्रेष्ठ, शोभा श्रेष्ठ ईश्वरी कायस्थ श्रेष्ठ सर्बसम्मत चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि तनहुँ नेवाः खलका अध्यक्ष डिलबहादुर श्रेष्ठले कला, संस्कृति, संस्कार, भेषभुषा सम्बद्र्धन एवं संरक्षण गर्न आवश्यक रहेको वताए। उनले आफ्नो धरातल बिर्सन नहुने पनि जनाए।

कार्यक्रममा नेवाः देय दबुका केन्द्रीय सदस्य बसन्ता श्रेष्ठ, मीसा नेवाः दबुका केन्दी्रय उपाध्यक्ष योगिता श्रेष्ठ, नेवाः देय दबु गण्डकी प्रदेशका उपाध्यक्ष हरि कुमार श्रेष्ठ, मीसा नेवाः दबु जिल्ला समन्वय समिति तनहुँ अध्यक्ष तुलसी कुमारी श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ, वडा नं. ४ का अध्यक्ष शिव कुमार श्रेष्ठ, वडा नं. ९ का अध्यक्ष लोकनारायण श्रेष्ठ, तनहुँ नेवा खलका सल्लाहकार श्यामकृष्ण मल्ल, अरिदेव नेवाः पुचका अध्यक्ष खिम नारायण मल्ल, श्रीकृष्ण सृजनशिल नेवाः खल खैरेनीटारका अध्यक्ष शेरबहादुर श्रेष्ठ, शर्मिला श्रेष्ठ, ईश्वरी श्रेष्ठ लगायतले वोलेका थिए।

नेवाः देय दबु शुक्लागण्डकी नगर समन्वय समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष लोक बहादुर मानन्धरले गरेका थिए भने सञ्चालन सचिव समुन्द्रराम श्रेष्ठले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width