शिशु तथा बालरोग व्यवस्थापन तालिम

आदर्श समाज सम्वाददाता
असार २, २०७६
training (2)

म्याग्दी, २ असार । म्याग्दीको सदरमुकाम बेनीमा समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ । मिलन म्याग्दी÷सुआहारा कार्यक्रमको आयोजनामा आइतबारदेखि स्वास्थ्यकर्मीका लागि सो तालिम सञ्चालन गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले तालिमलाई उपलब्धिमूलक बनाउन सहभागीलाई सुझाव दिएका छन् । उनले समुदायस्तरमा रहेको बालरोग न्युनीकरण र व्यवस्थापन गर्नका लागि मुख्य दायित्व स्वास्थ्यकर्मीको भएको हुँदा यसमा सरोकारवालाहरु सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

तालिममा समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रमको परिचय, २ महिनादेखि ५ वर्षसम्मका बिरामी बच्चाको एकीकृत जाँच तथा व्यवस्थापन, पखाला ज्वरो र कानको मूल्याङ्कन एवं वर्गीकरण, कुपोषणको जाँच, बच्चालाई खोपको स्थिति, भिटामिन ‘ए’ र जुकाको औषधी खुवाए नखुवाएको जाँचलगायत विभिन्न विषयहरुमा सहजीकरण भैरहेको छ ।

आगामी ५ दिनसम्म चल्ने तालिममा जिल्लाको ६ ओटै स्थानीय तहका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीमप्रसाद आचार्यले उद्देश्यमाथि प्रकाश पारेको तालिमको सुआहारा म्याग्दीका फिल्ड संयोजक रनबहादुर सारु मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिमको धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल अधिकृत डाक्टर शिव भण्डारी, स्वास्थ्य कार्यालय म्याग्दीका पोषण अधिकृत भरत उपाध्याय, पब्लिक हेल्थ नर्स राधिकादेवी शर्मा, सुआहाराका मातृशिशु स्वास्थ्य तथा लैङ्गिक अधिकृत शान्ति थकाली, सिङ्गा स्वास्थ्यचौकीका इन्चार्ज मनिसादेवी पौडेल र झीँ स्वास्थ्यचौकी इन्चार्ज प्रेमचन्द्र जयसवालले सहजीकरण गरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले यात्रुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सुविधासम्पन्न २ भिआइपी बस थप गरेको…
  • १३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम

    आदर्श समाज सम्वाददाता माघ १, २०८१
    पोखरा । युनाइटेड क्लब आयोजनामा अमरसिंहचौरमा १३ औं पोखरा महोत्सव जारी छ । गत २५ पुसदेखि सुरु महोत्सवमा बुधबारदेखि विद्यालयस्तरीय…

hero news full width