समिर र सनिशालाई उपाधि

आदर्श समाज सम्वाददाता
असार २, २०७६
narayan photo_Fotor

समिर गुरुङ मिस्टर एसइई गण्डकी बन्न सफल भएका छन्। त्यस्तै, सनिशा गुरुङ मिस एसइई बन्न सफल भएकी छन्।

एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर हिमाअज एजुकेशनको प्रस्तुतिमा आयोजना गरिएको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस एसइई गण्डकी २०१९’ मा उनीहरु च्याम्पियन बन्न सफल भएका हुन्।

उपाधि विजेता समिर र सनिशाले समान ५० हजार नगद पाए। उनीहरुले न्यू ग्यालेक्सी उच्चमाबिमा पूर्ण छात्रवृत्ति तथा अन्य गिफ्ट भौचरहरु प्राप्त गरे। मिस्टर एसइईको फष्ट रनर अपमा राहुल सापकोटा, सेकेण्ड रनर–अपमा निशान सुनार र थर्ड रनर–अपमा रामकृष्ण भण्डारी बने।

त्यस्तै, मिस एसइईको फष्ट रनर–अपमा दिपिशा कोइराला, सेकेण्ड रनर–अपमा प्रतिमा भण्डारी र थर्ड रनर–अपमा स्नेहा गुरुङ बने।

फष्ट रनर–अप बन्न सफल दिपिशा कोइराला र राहुल सापकोटाले समान २५ हजार नगद पुरस्कार र न्यु ग्यालेक्सी उच्च माबिमा पचास प्रतिशत छुटमा छात्रवृत्ति प्राप्त गरेका।

प्रतियोगितामा रोजी बास्तोला र आवेश गुरुङले भ्यू–अरर्स च्वाइसको अवार्ड प्राप्त गरे।

सेकेण्ड रनर–अप बन्न सफल प्रतिमा भण्डारी र निशान सुनारले पनि पचास प्रतिशत छुटमा छात्रवृत्ति सहित समान १५ हजार रुपैया नगद पुरस्कार प्राप्त गरे।

प्रनिश श्रेष्ठ, ज्योती सापकोटा, सुशिला गुरुङ, रोशनी ढकाल, सफल सुवेदीको संयुक्त कोरियोग्राफीमा सम्पन्न भएको कार्यक्रममा नृत्य, गायन, हाँस्य प्रहसन जस्ता प्रस्तुति थियो। प्रतिस्पर्धीको मूल्यांकनका लागि मदरल्याण्ड उच्च माविका फाउण्डर तथा निर्देशक डा. त्रिभुवन शर्मा बराल, न्यु ग्यालेक्सी उच्चमाबिका प्रिन्सिपल तथा हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्मा, सञ्चारकर्मी तथा मन्जरी ग्रुपका अध्यक्ष बिशाल एच आले, मिसेस गण्डकी निलिमा हिराचन, मिस गण्डकी लक्ष्मी गुरुङ, मिष्टर हस्पिटालिटी नेपाल रेशम कुमाल र मिष्टर टिन कन्टिनेन्ट मन्जेश गिरीलगायत निर्णायकको भूमिकामा थिए। आशिष पुरीको संयोजकत्वमा प्रतियोगिताको निर्णय गरिएको थियो। संञ्चारकर्मी इनिशा दुरामगर र एकिन गुरुङले सञ्चालन गरेको प्रतियोगितामा विभिन्न विधामा प्रतियोगीहरुलाई अन्य उपाधि तथा अवार्डहरु प्रदान गरिएको थियो। ग्राण्ड फिनालेमा सहभागीहरुले आफूलाई ३ छुट्टछुट्टै राउण्डमा प्रस्तुत गरेका थिए। युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, आत्मविश्वास अबिवृद्धि र सामाजिक क्रियाकलाप आदीमा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा २६ जना विद्यार्थीहरुको प्रतियोगितामा सहभागिता थियो।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width