गुरुकुलमा अन्तरएसइई बास्केटबल

एजेन्सी
असार २, २०७६
gurukul photo_Fotor

गुरुकुल विद्या सदन माविमा भएको अन्तरएसइई खुला बास्केटबल प्रतियोगितामा छात्रतर्फ कास्की बास्केटबल एकेडेमी (रातो) र छात्रातर्फ कास्की बास्केटबल एशोसिएसनले उपाधि जितेका छन्।

छात्रतर्फ फाइनलमा कास्की एकेडेमीले मनकामनालाई तथा छात्रातर्फ कास्की एशोसिएसनले एलएसएसलाई पराजित गर्दै उपाधि जितेको हो।

प्रथम हुने समूहले ५ हजार तथा द्वितीय हुने समूहले ३ हजारसहित मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे।

प्रथम हुने खेलाडीले गुरुकुल विद्या सदनमा ११ कक्षामा विज्ञान, होटल व्वस्थापन तथा व्यवस्थापन संकायमा अध्यायन गर्दा मासिक शुल्कमा पूर्ण छुट प्राप्त गनेर्छन्। दोश्रो हुने समूहका खेलाडीले मासिक शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्ने कार्यक्रम संयोजक प्रकाश पराजुलीले जानकारी दिए।

प्रमुख अतिथि कास्की जिल्ला बास्केटबल संघ अध्यक्ष ध्वजकुमार गुरुङ्गले विजेता तथा उपविजेता टिमका खेलाडीलाई पुरस्कृत गरे। विद्यालय व्यवस्थापन समिति अध्यक्ष इ.धर्मराज कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका सह–प्राचार्य हरि ढकाल, एकेडेमिक डिन रवि कार्की, विद्यालय संस्थापक सदस्य प्रमोद बराल लगायतले विद्यालयका गतिविधिमाथि प्रकाश पारेका थिए। विद्यालयका प्राचार्य अचुत पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width