लायन्स सितलचौतारीको चाटर्ड हस्तान्तरण

आदर्श समाज सम्वाददाता
असार १, २०७६
Lions Club of Pokahra Simalchautari news photo_Fotor

लायन्स क्लव अफ पोखरा चौतारीद्वारा स्थापना गरिएको लायन्स क्लब अफ सिमलचौतारीको शनिवार चार्टर्ड हस्तान्तरण भयो। त्यस अवसरमा डिष्टिक गर्भनर अशोक कुमार श्रेष्ठले क्लबका सदस्यहरुलाई पिन तथा प्रमाणपत्र प्रदान गर्दै क्लबले छोटो समयमै अधिकतम सामाजिक कार्य सम्पन्न गरी आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए।

मल्टिपल कोअडिनेटर धु्रव थापाले क्लबले गरेका कार्यको डिष्टिकले उच्च मूल्याङकन गरेको बताए। क्लवको चार्टर प्रेसिडेण्टमा नरेश बराल, प्रथम उपाध्यक्षमा कृष्णमान ठुसाजु, सचिवमा परमेश्वर बराल, कोषाध्यक्षमा पंकज पौडल लगायत २७ जना सदस्य रहेका छन्। यसैगरी एक्सटेन्सन चियर पर्सनमा कृष्णबहादुर अधिकारी र विश्व कुमार विजुक्च्छे, गाइडिङ लायनमा प्रजापति वास्तोला र महेश्वर पराजुली रहेका छन्। चाटर्ड हस्तान्तरण कार्यक्रमको अध्यक्षता पोखरा चौतारीका अध्यक्ष महेश्वर पराजुलीले गरेका थिए। विश्वकुमार विजुक्छेको स्वागत मन्तब्य रहेको सो कार्यक्रममा सिमलचौतारीका अध्यक्ष नरेश बरालले क्लबका गतिविधि वारे प्रकाश पारेका थिए। त्यस अवसरमा डिष्टिक चिफ एडभाइजर धु्रव श्रेष्ठ, पिडिजी योगेन्द्र प्रधान, डिष्टिक फष्ट लेडीज इनिसेटिभ कमिटि कोअडिनेटर मिलन थापाले मन्तब्य राखेकी थिइन् ।

सिनियर एडभाइजर प्रजापति वास्तोलाको धन्यवाद ज्ञापन रहेको सो कार्यक्रमको संचालन डिपुटी डिपाटमेण्ट चिफ कृष्णवहादुर अधिकारीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पर्यटकलाई दुख दिने ९ जना पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा ।  पोखरामा पर्यटकलाई सास्ती दिने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मंगलबार पोखरा पृृथ्वीचोक, मुस्ताङचोक क्षेत्रबाट उनीहरुलाई…
  • सामुदायिक माटेपानीको रक्तदानमा ६६ युनिट रगत

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १२, माटेपानीको आयोजनामा मंगलबार भएको रक्तदान कार्यक्रममा कुल ६६ युनिट…
  • पोखरामा साफा अन्तर्राष्ट्रिय सम्मेलन हुने

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । दक्षिण एशियाली लेखा व्यवसायी महासंघ (साफा) को बोर्ड बैठक, समिति बैठकसहित आइक्यान अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ…
  • पोखरा वडा १२ मा हस्तकला तालिम सुरु

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ को आयोजना तथा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रको सहकार्यमा महिलाहरूका लागि एक…
  • पोखराको भवन मापदण्ड : ५ तलामाथिका घरमा लिफ्ट अनिवार्य

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । पोखरा महानगरपालिकाले नयाँ मापदण्ड सार्वजनिक गरेको छ । २०३१ को भौतिक विकास योजना, २०५५ सालको एकीकृत कार्यमूलक योजना,…

hero news full width