ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्ध कानूनी सचेतना

आदर्श समाज सम्वाददाता
असार १, २०७६
20190615_122844_Fotor

ज्येष्ठ नागरिक सरोकार समाज नेपाल, पोखरा–१९ द्वारा शनिबार लामाचौरमा आयोजित ज्येष्ठ नागरिक कानूनी सचेतना कार्यक्रम। तस्वीर : आदर्श समाज

ज्येष्ठ नागरिक सराकार समाज पोखरा–१९ ले शनिबार लामाचौरमा ज्येष्ठ नागरिक कानूनी सचेतना कार्यक्रमको आयोजना गरेको छ।

ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहार विरुद्ध विश्व जनचेतना दिवस जुन १५ का अवसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न वक्ताहरुले ज्येष्ठ नागरिकका कानूनी अधिकारलाई व्यवहारमा उतार्नुपर्नेमाजेाड दिएका थिए।

प्रमुख अतिथिको आशनबाट बोल्दै ज्येष्ठ नागरिक सरोकार समाज गण्डकी प्रदेशका अध्यक्ष कुसुमकेशव पराजुलीले अधिकार लिन जागरुक हुनुपर्नेमा जोड दिए।

ज्येष्ठ नागरिक कानूनी सचेतना अधिकारका बारे जानकारी गराउँदै पोखरा महानगरपालिकाका कानूनी अधिकृत राममणि अधिकारीले कानूनले धेरै हदसम्म ज्येष्ठ नागरिकलाई संरक्षण दिएको उल्लेख गरे।

त्यस अवसरमा समाजका अाजीवन सदस्यहरुलाई सम्मान गरिनुका साथै ज्येष्ठ नागरिकलाई बसमा सिट छोडेर सहयोग गर्ने तीन युवालाई पुरस्कृत गरिएको थियो।

ज्येष्ठ नागरिक समाज पोखरा–१९ का अध्यक्ष सोमराज पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सदस्य विष्णु सापकोटा, भारती भवन माविका पूर्व प्रधानाध्यापक भानुभक्त पौडेल, जनहित सहकारीका अध्यक्ष काशीराम आचार्य, शोभाखर पौडेलस्मृति साहित्यिक प्रतिष्ठानका अध्यक्ष माधव गौतम, स्वास्थ्यचौकी प्रमुख गोविन्द आचार्य, गायिका माया गिरीलगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा साहित्यकार नारायण बास्तोलाले कविता वाचन गरेका थिए। सरोकार समाजका उपाध्यक्ष पद्माकुमारी गौतम राधाको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सदस्य दुर्गा बस्नेतले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width