बिच भलिबलको तयारी तीब्र

आदर्श समाज संवाददाता
जेठ ३२, २०७६
Beach Volleyball Court

पोखरा । सुन्दर नगरी पोखरामा पहिलो पटक राष्ट्रिय महिला तथा पुरुष बिच भलिबल प्रतियोगिता हुँदै छ ।

यही भदौको ५ गतेदेखि ७ गतेसम्म फेवाताल किनारको बिच भलिबल कोर्टमा हुने प्रतियोगितामा देशभरबाट ४० टिमले प्रतिस्पर्धा गर्दैछ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिच भलिबल प्रतियोगिताको सफलताको शुभकामना दिएका छन् ।

कास्की क्षेत्र नं ३ ख का प्रदेश सांसद राजीव पहारीले प्रतियोगिताको सफलताको शुभकामना दिदैंं हर तरहले प्रतियोगितालाई सफल बनाउन आफ्नो सक्दो पहल रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड सदस्य राजेश गुरुङले प्रतियोगिताको सफलताको शुभकामना दिदैं पर्र्यटकीय क्षेत्रमा प्रतियोगिता हुन लागेकोले यहाँका पर्यटन व्यवसायीहरुबाट सहयोगको अनुरोध गरे ।

केन्द्रीय भलिबल संघले कास्की जिल्ला भलिबल संघलाई प्रतियोगिताको व्यवस्थापन गर्न जिम्मा दिएको हो । प्रतियोगिता सम्पन्न गर्न अनुमानित २२ लाख खर्च लाग्ने कास्की जिल्ला भलिबल संघको अनुमान छ । नेपाल भलिबल संघले कास्की जिल्ला भलिबल संघलाई प्रतियोगिता व्यवस्थापनका लागि १ लाख ५० हजार मात्रै उपलब्ध गराएको थियो ।

प्रतियोगितामा तीन विभागीय र सातवटै प्रदेशबाट महिला, पुरुष गरी ४० टिम र ८० जना खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी खेलाडीहरुलाई पोखरासम्मको आवत–जावत, खानपान र पोखरा बसाईको संपूर्ण खर्चको व्यवस्थापन जिम्मा कास्की जिल्ला भलिबल संघलाई दिएको छ ।

यतिखेर, प्रतियोगिताको तयारीलाई तीब्र पारिएको छ । भलिबल कोर्ट सम्याएर बालुवा राख्ने काम लगायत कोर्टको वरपर क्षेत्रलाई सरसफाई गर्ने काम भएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

यसअघि, जेठको २३ गतेदेखि २५ गतेसम्म बिच भलिबल प्रतियोगिताको मिति तय गरिएको थियो । जेठ १९ गतेदेखि २६ गतेसम्म काठमाण्डौंमा नेपाली सेनाले आयोजना गर्ने प्रधान सेनापति राष्ट्रिय कप भलिबल प्रतियोगिता र अन्य विविध कारणले प्रतियोगिता मिति सरेको थियो ।

पछिल्लो समय प्रतियोगिताका लागि सुजन गुरुङले ४० हजार, रेशम गुरुङले २० हजार, अन्नपूर्ण गाउँपालिका २० हजार, समिर थापाले २० हजार, सारा बोगटीले ११ हजार १ सय १५, ब्याक टु नेपालले १० हजार, गोमा ढकालले १० हजार, बीजीबीले १० हजार सहयोग गरेको अध्यक्ष पराजुलीले जानकारी दिए ।

पराजुलीका अनुसार प्रतियोगितालाई सहयोग गर्नेहरुमा चिल्ली बार एण्ड रेष्टुरेन्ट १० हजार, पब डान्सिङ बोटले १० हजार, दुर्गा रेष्ट्रो एण्ड लञ्ज बारले १० हजार, बोट्लर्स नेपाल कोकाकोलाले १० हजार र नाट्टा पोखराले ४ विभागको तर्फबाट सहभागी १६ टिमका ३६ जना खेलाडीलगायत अफिसियललाई बस टिकटको सहयोग गरेका छन् ।

यसअघि, प्रतियोगिताका लागि भलिबल संघबाट १ लाख ५० हजार, क्रियटिभ हस्पिटलका संचालक आशिष थापाले ६० हजार, समाजसेवी प्रकाश कायस्थले ३० हजार, जिल्ला खेलकुद विकास समिति सदस्य अजय पराजुलीले ३० हजार, सूर्यतारा क्लब पोखराले ३० हजार, पोखरा–वडा नं ६ ले २० हजार, भलिबल संघका सल्लाहकार नारायण शर्माले २० हजार, पर्यटन व्यवसायी तारा भण्डारीले २० हजार सहयोग गरिसकेका छन् ।

पोखरा महानगरपालिकाका कानूनी अधिकृत नारायणप्रसाद शर्माले बिच भलिबलको खेल मैदानका लागि ४८ हजार रुपैयाँ बराबरको ६ टिप वालुवासमेत सहयोग गरेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए । कास्की जिल्ला प्रहरी प्रमुख ओम रानामागरले एक टिमका लागि पोखराम्मको आवत–जावत, बसाई र खानपान व्यवस्थापनका लागि जिम्मा लिएका छन् ।

पोखरा लेकसाइडका पर्यटन व्यवसायीहरुले प्रतियोगिता हुनु पोखरा र गण्डकी प्रदेशकै लागि गौरवको कुरा भएको बताए । यहाँ हुने खेललाई प्रदेश सरकार, स्थानीय सरकार र पर्यटन व्यवसायीहरुले सहयोग गर्नुपर्नेमा उनीहरुको जोड छ । प्रतियोगिताबाट पोखरा र प्रदेशको आन्तरिक एवं वाह्य पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने उल्लेख गरे ।

राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले यतिखेर राखेप १३ औं दक्षिण एसियाली खेलकुद र नवौं राष्ट्रिय खेलकुदका लागि समेत खेलाडीहरुको छनोट गरिनेछ । प्रतियोगिताका बिजेताले ३० हजार र उपबिजेताले २० र तेश्रो हुनेले नगद १० हजार प्राप्त गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width