पोखरा । विश्व फुटबलको सर्वोच्व निकाय फिफाको वरीयतामा नेपाल ४ स्थान तल झरेको छ ।
फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ४ स्थान झरेको हो ।
नयाँ वरीयता अनुसार नेपाल १ सय ६५ औं स्थानमा रहेको छ । यसअघि नेपाल १ सय ६१ औं स्थानमा थियो । नेपालले हालै दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपनि नेपालको वरीयता खस्किएको हो । नेपालले दुई साताअघि मलेसिया र चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले फिफा वरीयतामा आफूभन्दा तलको मलेसियासँग २–० को हार व्यहोरेको थियो । यस्तै, नेपालले आफूभन्दा ३६ औं स्थान माथिको चाइनिज ताइपेसँग १–१ गोलको बराबरी खेलेको थियो ।
दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय १ औं स्थानमा र माल्दिभ्स १ सय ५१ औं स्थानमा छ । नेपाल भन्दा तल रहेको बंगलादेश १ सय ८३ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सय १ र पाकिस्तान २ सय ३ औं स्थानमा रहेको छ ।
विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङल्याण्ड चौंथो, पोर्चुगल पाँचौ स्थानमा छन् । छैटौं स्थानमा क्रोएसिया, सातौंमा स्पेन, आठौंमा उरुग्वे, नवौंमा स्विजरल्याण्ड र दशौं स्थानमा डेनमार्क छन् ।
Related News
सम्बन्धित समाचार
क्रस कन्ट्री दौड: समूहमा नेपाली, व्यक्तिगतमा चिनियाँ च्याम्पियन
फेवाताल किनारमा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड (फोटो फिचर)
पोखरामा आजदेखि क्रस कन्ट्री
साफ च्याम्पियनसिपमा बंगलादेश च्याम्पियन
आरएस र चरी सुशान फाइनलमा
hero news full width
मुख्य समाचार
लामिछानेलाई १३ दिन म्याद थप
मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
कार्तिक २५, २०८१कालीगण्डकी करिडोरः म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
कार्तिक २५, २०८१सहकारी पीडितको आरोप–रास्वपाले बद्नाम गर्यो
कार्तिक २४, २०८१‘पूर्णपाठ आएपछि आँफै अदालत हाजिर हुन्छु’
कार्तिक २४, २०८१पहिले स्कुल बनाए, अहिले विद्यार्थी भेट्न आए
कार्तिक २३, २०८१