विद्यालयलाई बालमैत्री बनाउन जाेड

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७६
pic (1)

भरतपोखरी, ३१ जेठ । पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङ्गले सवै विद्यालय बालमैत्री बनाउनु पर्नेमा जोड दिएकी छन् ।

उपप्रमुख गुरुङ्गले मन्टेश्वरी एशोसियशन कास्कीको चौथो बार्षिकोत्सवको अवसरमा पोखरा ३३ बागमारा स्थित सरस्वती टिका माविमा रहेको वौद्धिक अपाङ्ग केन्द्रमा रहेका बालबालिकालाई विभिन्न सामाग्री बितरण गर्दै, विद्यालयमा बालमैत्री पद्दतिबाट पठन पाठन गराउन समेत आग्रह गरिन ।

उपप्रमुख गुरुङ्गले बौद्धिक अपाङ्ग बालबालिका संवेदनशील हुने भएकाले उनिहरुको विशेष हेरचाह गर्नु पर्नेमा जोड दिए । पोखरा महानगरपालिकाले अपाङ्ग नागरिकलाई परिचयपत्र बितरण गरिरहेको उल्लेख गर्दै, उपप्रमुख गुरुङ्गले आगामी बर्षको बजेटमा अपाङ्ग क्षेत्रलाई बिशेष बजेट छुट्टयाइने बताइन ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले राज्यले विशेष ध्यान दिनु पर्ने क्षेत्रमा मन्टेश्वरी एशोसियनले सहयोग गरेको उल्लेख गर्दै, वडाले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस अवसरमा २४ जना बौद्धिक अपाङ्ग बालबालिकालाई दुई÷दुई जोर पोशाक, व्ल्यांकेट, सिरानी, तन्ना र खाद्यान्न तर्फ विस्कुट विरतण गरिएको बताइएको छ । मन्टेश्वरी एशोसियशन कास्कीका अध्यक्ष अरुणा शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा लिटिल गार्डेन मन्टेश्वरीका संस्थापक प्रिन्सिपल एवं सामाग्री बितरण कार्यक्रमका संयोजक रितु पौडेल, बौद्धिक अपाङ्ग बालबालिका सेवा केन्द्रका इन्चार्ज श्रीधर आचार्य लगायलते सहयोगका विषयमा बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width