अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

आइसीसी विश्वकप

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७६
cricket-wc-2019-aus-pak_3b1ed2cc-8d34-11e9-8cbe-ea25bc6af10d

आइसीसी एक दिवसीय विश्वकपअन्तर्गत वुधवार राति भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले हराएको छ।

साविक विजेता अस्ट्रेलियाले दिएको ३ सय ८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४५ दशमलव ४ ओभरमा सबै विकेटको क्षतिमा २ सय ६६ रन बनाएको थियो।

पाकिस्तानका लागि इमाम उल हकले ५३ रन बनाए। मोहमद हाफिजले ४६, वहाव रियाजले ४५, कप्तान सरफराज अहमदले ४०, हसन अलीले ३२ र बाबर आजमले ३० रन बनाएका थिए।

अस्ट्रेलियाका प्याट कुमिन्सले ३ विकेट लिए। मिचेल स्टार्क र केन रिचर्डसनले २/२ तथा नाथन कल्टर नाइल र आरोन फिन्चले एक/एक विकेट लिए।

काउन्टी मैदानमा यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ३९ ओभरमा सबै विकेटको क्षतिमा ३ सय ७ रन बनाएको थियो।

अस्ट्रेलियाका लागि डेभिड वार्नर र एरोन फिन्चले पहिलो विकेटका लागि १ सय ४६ रनको उत्कृष्ट साझेदारी गरेका थिए। वार्नरले १ सय ७ रनको सतकीय पाली खेले। फिन्चले ८२ रन बनाए।

यसैगरी, सन मार्सले २३, ग्लेन म्याक्सवेल र एलेक्स केरीले समान २०, उस्मान ख्वाजाले १८ र स्टेभन स्मिथले १० रन बनाए। पाकिस्तानका मोहमद अमिर एक्लैले ५ विकेट लिए। साहिन अप्रिदीले २ तथा हसन अली, वाहव रियाज र मोहमद हाफिजले १/१ विकेट लिएका थिए।

इङ्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत विहीवार हुने भनिएको भारत र न्यूजिल्यान्डबीचको खेल रद्ध भएको छ। खेल रद्दपछि दुवै टिमले समान १ अंक बाँडेका छन्।

योसँगै न्यूजिल्यान्ड ४ खेलमा ३ जितसहित ७ अंक बटुल्दै शीर्ष स्थानमा छ। भारत ३ खेलमा २ जितका साथ ५ अंक जोड्दै तेस्रो स्थानमा छ।

भारतले आफ्नो चौथो खेल असार १ मा पाकिस्तानसँग खेल्ने छ। त्यस्तै, न्यूजिल्यान्डले आफ्नो पाँचौ खेल असार ४ मा दक्षिण अफ्रिकासँग खेल्ने छ। जारी विश्वकपमा वर्षाको कारण खेल रद्द भएको यो चौथो पटक हो।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width