लुम्लेमा प्रादेशिक कृषि प्राविधिक समूह बैठक

‘किसानको बारीसम्म अनुसन्धान पुग्नुपर्छ’

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७६

किसानको बारीसम्म नै कृषि अनुसन्धान पुग्नुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका हुन्। लुम्लेमा आयोजित प्रादेशिक कृषि प्राविधिक समूह बैठकमा बोल्ने वक्ताले सो कुरामा जोड दिएका हुन्।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सचिव दुर्गाप्रसाद दवाडीले अनुसन्धान किसानको खेतबारीसम्म पुग्नुपर्नेमा जोड दिए। उनले कृषि प्रविधिलाई ब्यवहारिक बनाउन सुझाव दिँदै गण्डकी प्रदेश दूध, अण्डा र मासुमा आत्मनिर्भर उन्मुख रहेको बताए। कृषि क्षेत्रमा संघीय तथा प्रादेशिक सरकारले कम बजेट छुट्टाउने गरेको गुनासो गरेका सचिव दवाडीले किसानको पहुँचसम्म प्राविधिक ज्ञान पुर्याउनुपर्ने आवश्यकता औँल्याए। उनले प्रदेश सरकारले गोरखकाली रबर उद्योग संचालन तयारी थालेको जनाउँदै बिचौलियाका कारण किसान अझै पनि मारमा रहेको औँल्याए।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) योजना तथा समन्वय महाशाखा निर्देशक डा रामचन्द्र अधिकारीले नार्क पुरानै संरचनामा रहेको जनाउँदै प्रदेश सरकारसँग सहकार्य गरी अगाडि बढ्न नार्क तयार रहेको स्पष्ट पारे।

उनले नेपालको अनुदान प्रणाली टाठाबाठाका लागिमात्रै हुने गरेको भन्दै गुनासो पनि गरे। श्रमशक्ति तथा बजेट अभाव कारण हाल पशुपालनको क्षेत्रमा नार्क पछाडि परेको उनको भनाइ थियो। राज्यले किसानको वर्गीकरण गर्नुपर्ने उनको भनाइ थियो।

कृषि विकास निदेर्शानालय गण्डकी प्रदेश निर्देशक डा शान्ता कार्कीले सीमित स्रोतसाधनबीच असीमित कार्य गर्नुपर्दा गुणस्तरीय अनुसन्धान प्रभावित बन्ने गरेको बताइन्। उनले वन्यजन्तुबाट क्षति कम गर्न वन क्षेत्रभित्रै उनीहरुका लागि आहार व्यवस्थापन गर्नुपर्ने खाँचो पनि औँल्याइन्। क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका निर्देशक डा तुलबहादुर पुनले नेपालको कृषि क्षेत्रमा अनुसन्धानको महत्व गहन रहेको औँल्याउँदै अनुसन्धानका क्षेत्रलाई प्राथमिकीकरण गरी कार्य गर्नुपर्ने बताए। अनुसन्धानमा हुने गरेको सिन्डीकेट आफ्ना लागि असह्य हुने उनको चेतावनी पनि थियो।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्राविधिक अधिकृत सन्दीप तिमिल्सिनाले केन्द्रले गर्दै आएका कार्यको चर्चा गरे। उनले लुम्लेबाट उत्पादित भक्तपुरे काँक्रोको नाम दिएर बजारमा अनर्गल प्रचार गरी फाइदा लुट्नेहरु सक्रिय भएको भन्दै त्यसप्रति सचेत रहन उपभोक्तामा आग्रह गरे। पशु तथा मत्स्य विकाश निर्देशनालय निर्देशक डा मनबहादुर पुनले पनि बोलेका थिए। बैठकमा जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रतिनिधि, अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि, नार्कका प्रतिनिधि, गण्डकी प्रदेशअन्तर्गत अनुसन्धान केन्द्रमा कार्यरत वैज्ञानिक तथा प्राविधिक लगायतको सहभागिता थियो।

सहभागीले नार्कले समस्याको प्राथमिकीकरण गरी समाधान गर्नुपर्ने, वास्तविक किसानको पहुँचसम्म प्रविधि पुर्याउनुपर्ने, जिल्लास्थित ज्ञानकेन्द्र र नार्कबीच समन्वय बढाउनुपर्ने, खुला वातावरणमा फल्ने गोलभेँडाको विकास गर्नुपर्ने, कास्कीमा सुन्तला, अलैँची, पहेँले धान, आलु र कागतीमा थप अनुसन्धान गर्नुपर्ने, प्राङ्गारिक मल व्यवस्थापन बढाउनुपर्ने, किसानलाई उत्कृष्ट सिमेन्ट उपलब्ध गराउनुपर्ने, विचौलिया कम गर्नुपर्नेमा जोड दिए।

त्यस्तै उनीहरुले किसानलाई बाँझो जमिनको विकल्प दिनुपर्ने, एभोगाडो र मेकाडोनियाँनट खेतीलाई प्रवद्र्धन गर्नुपर्ने, रोग, कीराभन्दा पनि बाँदर, बँदेल र दुम्सी नियन्त्रण गर्नुपनेर्लगायत सुझाव दिएका थिए।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका निर्देशक डा पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रका वैज्ञानिक रमेश आचार्यले स्वागत तथा वैज्ञानिक अस्मिता खनालले संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width