शिवालय माविमा अभिभावक भेला

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७६
shivalaya (1)

पोखरा, जेठ ३० गते । कास्कीको रुपा–२, थुम्कीस्थित शिवालय माविमा बिहीबार अभिभावक भेला सम्पन्न भएको छ ।

विद्यालयको गुणस्तरीय सुधारका लागि छलफल गर्ने उद्देश्यले आयोजित भेलामा अभिभावकले विभिन्न सुझाव दिएका थिए । निःशुल्कको ठाउँमा आफूहरु शुल्क तिर्न पनि तयार भएको तर शिक्षामा गुणस्तरीयता भने बढ्नुपर्ने उनीहरुको राय थियो ।

शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्ष तथा अभिभावक श्रीकृष्ण सुवेदीले विद्यालयले चालेका हरेक सकारात्मक कदममा अभिभावकले साथ दिने बताए । उनले बच्चाको सुन्दर भविष्यका लागि आफूहरु जस्तोसुकै त्याग गर्न पनि तयार रहेको धारणा राखे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापाले आफूहरुले व्यक्तिगत कामलाई छोडेर पनि विद्यालयको प्रगतिका लागि प्रयास गरेको बताए । उनले हरेक काममा अभिभावकको सल्लाहअनुसार विव्यस अघि बढेको भनाइ राखे ।

शिक्षक अभिभावक सङ्घकी अध्यक्ष लीला ओझाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य रुपिन्द्र प्रभावीले अभिभावक अभिमुखीकरण गरेका थिए । उनले आफ्ना बच्चाका गतिविधिलाई पहिलो प्राथमिकतामा राखेर हेर्न अभिभावकसँग आग्रह गरे । बच्चालाई पढाइ, अनुशासन र सामाजिक रुपमा सक्षम बनाउन अभिभावकले खेल्नुपर्ने भूमिकामाथि उनले प्रकाश पारेका थिए ।

सो अवसरमा वडा नं. २ की कार्यवाहक वडा अध्यक्ष हिता रुपाखेती, विद्यालय व्यवस्थपन समितिका सदस्य दुर्गाबहादुर विक, धनपति ओझा, शिक्षक अभिभावक सङ्घका सदस्य रामचन्द ओझा, हिमलाल ढुङ्गाना, अभिभावक लक्ष्मी अधिकारी, विष्णु पौडेल, भीमबहादुर नेपाली, विव्यसका शिक्षक प्रतिनिधि बीना तिमल्सेना, शिक्षक ऋषिराम ओझालगायतले आफ्ना विचार राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालयका आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायको स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा सोधिने…
  • माछापुच्छ्रे क्याम्पसको २०औं साधारणसभा

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीस्थित माछापुच्छ्रे क्याम्पसको २० औं साधारणसभा शनिबार भएको छ । साधारणसभा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष…
  • नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । नेलम्बो नेपालले चालु आवमा शैक्षिक कार्यक्रमअन्तर्गत शनिबार छात्रवृत्ति वितरण गरेको छ । संस्थाले विद्यालयदेखि स्नातक तहसम्म अध्ययन गर्ने…
  • सामुदायिक र निजी विद्यालयमा खै समान अधिकार ?

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सामुदायिक र निजी विद्यालयको अधिकार समान हुनुपर्नेमा जोड दिएका छन् । नेशल प्याव्सन…
  • शीतला माध्यमिक विद्यालय फेदीखोलाको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । स्याङ्जाको फेदीखोलास्थित शीतला माध्यमिक विद्यालयले शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी, दीपावली, नेपाल संवत्, छठ…

hero news full width

trending post

ट्रेन्डिङ्ग