एक लाख रुपैयाँ घुस लिने इञ्जिनीयर विकास श्रेष्ठ पक्राउ

रासस
जेठ ३०, २०७६
istockphoto-1063280510-612×612

राजविराज, ३० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित विहीवार बिहान रङ्गेहात पक्राउ गरेको छ ।

आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोगका प्रमुख महेश आचार्यले जानकारी दिए ।

कुन ठाउँको झोलुङ्गेपुल रहेको भने खुलाइएको छैन । उक्त टोलीले झोलुङ्गेपुल निर्माण गरेको र बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुससहित गाउँपालिकाका इञ्जिनीयर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width