धर्मगुरुहरूद्वारा बालविवाह रोक्ने प्रतिबद्ता

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७६
Balbibah

लमजुङ, ३० जेठ । लमजुङका धर्मगुरुहरूले बालविवाह रोक्ने प्रतिबद्घता व्यक्त गरेका छन् । धर्म, संस्कृति र रीतिरिवाजका नाममा हुँदै आएका बालविवलाई रोक्न विभिन्न धर्मका धर्म गुरुहरूले लिखित प्रतिबद्घता व्यक्त गरेका हुन ।

‘परम्परागत हानिकारक अभ्यास न्युनिकरणका लागि धर्मगुरुहरूको भूमिका’ विषय एक दिवसीय प्रशिक्षणका अवसरमा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । सो कार्यक्रम महिला हिंसा विरूद्ध अन्तर धार्मिक राष्ट्रिय सञ्जाल (निरन नेपाल)को आयोजना तथा ग्रामिण समुदायिक विकास केन्द्र(आरसिडिसी) र जनचेतन अभिवृद्धि र विकास अध्ययन समिति(कोपाडेस)को सहकार्यमा भएको हो ।

विश्वहिन्दु महासंघका जिल्ला अध्यक्ष घनश्याम सुवेदीले उमेर नै नपुगी बिवाह गरी सुत्केरी हुँदा आमा र बच्चा दुवैको ज्यान जान सक्ने खतरा हुने लगायतका समस्या देखा पर्ने भएको हुँदा बालविवाह रोक्ने पर्ने बताउँदै अबका दिनमा आफूले बालविवाह नगराउने प्रतिवद्धता व्यक्त गरे ।

तमु पेल्हु संघकी जिल्ला सचिव मनमाया गुरुङले गाउँमा बाल विवाहविरुद्घ संञ्जाल गठन गरेर बाल बिवाह सम्बन्धि जनचेतना फैलाउने तथा बाल बिवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याई कारबाही अघि बढाउने गरेमा बाल विवाहमा कमी आउने बताए । उनले भने ‘अब सबै मिलेर बाल बिवाह जिल्लाबाट नै मुक्त गर्नुपर्छ ।’

कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै आरसिडिसीका शिक्षा परियोजनाका संयोजक प्रमोद घिमिरेले बाल बिवाह न्यूनिकरण गर्न जिल्लामा विभिन्न जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरी अभियानकै रूपमा लागि परेको बताए । धार्मिक गुरूहरूलाई जन्मदेखि मृत्यु पर्यन्तका गतिविधिमा प्रत्यक्ष वा परोक्ष सहभागी हुने भएको तथा उनीहरूप्रति समाजले श्रद्धा गर्ने, उनीहरूका भनाईलाई अनुसरण गर्ने भएको हुँदा प्रत्येक धार्मिक, सांस्कृतिक तथा धार्मिक अगुवाहरूलाई सामाजिक रुपान्तरणमा सहभागी बनाउने उद्देश्यका कार्यक्रमको रहेको उनको भनाई छ ।

उनले समाजमा विद्यमान कुरीति र कुसंस्कारहरू बालविवाह, छुवाछुत, लैङ्गीक÷जातिय विभेद, दाईजो प्रथा, बोक्सी आरोप जस्ता सामाजिक कुरिति, कुसंस्कार तथा विसंगति लगायत महिला हिंसा तथा विभेद विरूद्धको अभियान जरुरी रहेको बताए। उनले भने ‘अब धर्म शास्त्रीय आधारमा अभ्यासमा आएको नभई गलत परम्पराका रूपमा विकशित भएको तथ्यगत आधार जनसमक्ष ल्याउन सबै धर्मका अगुवाहरूलाई एउटा साझा मञ्चमा गोल बन्द गरी अघि बढ्न आवश्यक रहेको अनुभव गरिएको छ ।’

उक्त कार्यक्रममा लमजुङ जिल्लामा भएका धर्मालम्वीहरू हिन्दु, बौद्ध, इस्लाम, इसाई, बहाई, वोन, जैन धर्मका धार्मिक गुरुहरुको उपस्थीति तथा बालविवाह न्युनिकरण गर्न तथा छुवाछुत, लैङ्गीक÷जातीय विभेद, दाईजो प्रथा, बोक्सी आरोप जस्ता सामाजिक कुरीति, कुसंस्कार तथा विसंगति लगायत महिला हिंसा तथा विभेद विरूद्ध आफ्नो आफ्नो धर्म मार्फत सकरात्मक रूपमा अगुवाई गर्ने प्रतिवद्धता जनाएको कोपाडेस लमजुङका युवाविकास कार्यक्रमका परियोजना संयोजक विष्णु चिलुवालले बताए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width