फिफा महिला विश्वकपको एकै खेलमा अमेरिकाको १३ गोल

एजेन्सी
जेठ ३०, २०७६
FIFA Womens World Cup USA

फिफा महिला विश्वकप फुटबलमा युनाईटेड स्टेट अफ अमेरिकाले कीर्तिमानी जित निकालेको छ ।

मंगलबार राति थाइल्याण्डविरुद्धको खेलमा १३–० को जित निकाल्दै अमेरिकाले कीर्तिमानी जित निकालेको हो ।

अमेरिकाले निकालेको यो जित महिला विश्वकप फुटबलकै सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि, जर्मनीले अर्जेन्टिनाविरुद्ध निकालेको ११–० को जित सर्वाधिक ठूलो अन्तरको जित थियो ।

फ्रान्सको रिम्समा भएको खेलमा अमेरिकाका लागि एलेक्स मोर्गन एक्लैले ५ गोल गरिन् । रोस लाभेले र सामन्था मेविसले २÷२ गोल गरिन् । त्यसबाहेक लिन्ड्से होरन, मेगान, मालोरी पुघ र कार्ली ल्योडले १÷१ गोल गरिन् ।

फराकिलो जितसंगै अमेरिकाले प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ । समूह एफको अमेरिकाले पहिलो खेलमा ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा स्विडेनले चिलीलाई २–० ले हराएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width