प्रहरीले गोली चलाउदा थापा घाइते

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७६
heres-how-long-various-drugs-stay-in-your-body

पोखरा, २९ जेठ । पोखरा– १० उत्तमचोकमा बुधवार विहान प्रहरीले गोली चलाउदा पोखरा–१० उत्तमचोक निवासी ३० बर्षीय गोविन्द थापा घाइते भएका छन् ।

लागूऔषध बोकेर हिडिको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा गोविन्द थापाले प्रहरीको हतियार खोसेर प्रहरी माथि नै गोली चलाउन खोजेपछि आत्मरक्षाका लागि प्रहरीले गोली लचाएको हो ।

उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कासकीबाट प्रहरी टोली त्यहाँ पुगेको छ । गोली लागेर थापाको वाँया खुट्टामा गोली लागेको छ । घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको कास्की प्रहरीका प्रवत्ता गणेश सुवेदीले जानकारी दिएका छन् ।

प्रहरीले उनको साथबाट लागु औषध डाइजापाम, फेनरागन, नाइटोसन लगायत १५ सय थान गोली बरामद गरेको जनाएको छ । कास्की प्रहरीले कास्की जिल्लामा एक बर्षदेखि लागु औषध विरुद्धको सचेतना कार्यक्रम समेत संचालन गदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width