स्पेन र नवेर्ले खेल जित्यो

फिफा महिला विश्वकप

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
spain

फिफा महिला विश्वकपअन्तर्गत शनिवार राति भएको खेलमा नर्वे र स्पेन विजयी भएका छन्। स्पेनले दक्षिण अफ्रिका र नवेर्ले नाइजेरियामाथि जित निकालेको हो।

उपाधिको दाबेदार टिम स्पेनले दक्षिण अफ्रिकालाई ३–१ गोलले हरायो। स्पेनले दक्षिण अफ्रिकाको १ गोलको अग्रतालाई उल्ट्याउँदै खेललाई आफ्नो पक्षमा पार्यो। खेलको २५ औं मिनेटमा गाट्लानाले गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाएका थिए।

पहिलो हाफसम्म १ गोलको अग्रता कायम राखेको दक्षिण अफ्रिकाको खेल दोस्रो हाफमा खस्कन पुग्यो। दोस्रो हाफमा स्पेनले २० मिनेटभित्र ३ गोल फर्काउन सफल भयो। स्पेनिस टोलीका लागि २ गोल पेनाल्टीबाट भएको थियो।

७० औं र ८३ औं मिनेटमा जेनिफर हेरमोसोले पेनाल्टीबाट २ गोल गरेपछि स्पेन खेलमा फर्किएको थियो। त्यसपछि, ८९ औं मिनेटमा लुसिया गार्सियाले स्पेनका लागि तेस्रो गोल गरिन्। दक्षिण अफ्रिका ८२ औं मिनेटमा १० खेलाडीमा झर्न पुगेको थियो। उसकी भिलाकाजी दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएकी थिइन्।

अर्को खेलमा नवेर्ले नाइजेरियालाई ३–० ले हरायो। नवेर्का लागि रेइटेल र उट्लान्डले १–१ गोल गरे। नवेर्ले १ सूसाइड गोल उपहार पाएको थियो।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width