गण्डकीद्वारा शैक्षिक सामग्री वितरण

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
Gandaki_Fotor

गण्डकी विकास बैंक लि.कावासोती शाखाले हालै नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १६ डण्डा स्थित दिपेन्द्र आधारभुत बिद्यालयमा अध्ययनरत विपन्न, असहाय तथा पिछडिएका बालबालिकाहरुका लागी शैक्षिक सामग्री वितरण गरेको छ।

सो अवसरमा २७ थान झोला, २७ दर्जन कपी, ९ प्याकेट पेन्सील, ३६ प्याकेट पेन तथा ८१ थान नुहाउने साबुन वितरण गरिएको जनाइएको छ। सो कार्यक्रममा संस्थाका सहायक प्रधानाध्यापक नलराज भूतेर्लले संस्थामा हाल जम्मा दुई सय ५३ जना बालबालिकाहरु अध्ययनरत रहेको र ती मध्ये ८० प्रतिशत विद्यार्थी गरीब तथा विपन्न रहेको जानकारी दिए। यसैगरी २७ जना वेसहारा रहेको जानकारी दिदै उक्त सहयोगको लागी गण्डकी विकास बैंक परिवारलाई धन्यवाद दिए। उक्त सहयोग वितरण बैंकका चितवन सव क्लष्टर प्रमखु सुरज शर्मा र कावासोती शाखा प्रमुख भिष्मचन्द्र उपाध्याय सहितको टिमले गरेका थिए। बैंकका तर्फबाट सवक्लष्टर प्रमुख सुरज शर्मा र कावासोती शाखा प्रमुख भिष्मचन्द उपाध्यायले सो सहयोग वितरण गदै उक्त सहयोगबाट त्यस संस्थामा अध्ययनरत बालबालिकाहरुको पठनपाठन तथा सरसफाइमा सहयोग पुग्ने बैंकले अपेक्षा राखेको बताए। साथै बैंकले यस्ता प्रकारका कार्यक्रमहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिदै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले सुनाए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width