‘दलितको प्रशिक्षण गैरदलितलाई देऊ’

भोजराज भट्टराई
जेठ २७, २०७६

जातीय विभेद अन्त्य र छुवाछूतविरुद्ध अभियानका सामाजिक अभियन्ताले दलित समुदायलाई दिइने प्रशिक्षण गैरदलितलाई पनि दिन सकेमात्र छुवाछूत र जातिय विभेद न्यूनीकरण हुने जनाएका छन्। उनीहरूले दलित र गैरदलितबीचमा समतामूलक सोच विकास हुन नसक्दासम्म छुवाछूतको समस्या समाजमा कायमै रहने बताए।

‘‘सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार’’ भन्ने मूल नारासहित राष्ट्रिय मानव अधिकार आयोगले तानसेनमा आयोजना गरेको जातीय भेदभाव तथा छुवाछूतविरुद्धको अधिकारविषयक अन्तत्र्रिmयामा सहभागीले जातीय भेदभावविरुद्धको व्यवस्था कानूनका काला अक्षरमा भएपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको औंल्याएका हुन्।

आयोग सदस्य प्रकाश वस्तीले कानूनमा भएको मानव अधिकारका विषय घरघरमा पुग्न सकेमा नागरिकले मानव अधिकारको अनुभूति गर्ने बताएका छन्। उनले जातीय छुवाछूत र विभेदको समाधान दलित र गैरदलित मिलेर गर्नुपर्दछ भन्ने अन्तरबोध सबैमा हुनु आवश्यक रहेको जनाए।

दलित अधिकारकर्मी एवं पत्रकार कृष्ण दर्नालले जातीय भेदभावविरुद्धको व्यवस्था कानूनी रूपमा भए पनि व्यवहारमा नभएको बताए।

दलित अधिकारका लागि साझा अभियान पाल्पा अध्यक्ष विष्णु बमरेलले जातीय भेदभाव अन्त्यका लागि सरकार दलीतमैत्री हुनुपर्नेमा जोड दिए। राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र पाल्पाका उपाध्यक्ष एवम् त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उपप्राध्यापक डा महेन्द्रकुमार बुढाथोकीले जातीय छुवाछूत विरुद्धको अभियान व्यवहारिक रूपमा परिवर्तन गर्न सकेमा समस्या न्यूनीकरणमा सहयोग पुग्ने बताए।

नेपाल वार एशोसिएसन पाल्पा उपाध्यक्ष शालिकराम घिमिरेले जातिजातिबीचमा हुने अन्तरद्वन्द्वले पनि समस्या निम्त्याएको भन्दै सामाजिक क्षेत्रमा क्रियाशील अभियन्ताबाट जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि सचेतना जगाउनु आवश्यक भएको बताए।

उप–प्राध्यापक पीतबहादुर नेपालीले अधिकार र स्वतन्त्रताको बुझाइमा फरक भेटिएकाले समाजका सवै वर्गमा सामाजिक, सांस्कृतिक, अवधारणामा परिर्वतन हुनुपर्नेमा जोड दिए।

पत्रकार विजय वौडेलले जातीय विभेद र छुवाछूत अन्त्यका लागि आममानिसमा समतामूलक सोचको विकास हुनुपर्ने औल्याए।

दलित अधिकारकर्मी दलबहादुर राजपुतले विभेदको विषयमा नगरक्षेत्रभित्रै समस्या भएकोले अधिकारको विषय कानूनमा मात्र नभएर व्यवहारमा हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा रैनादेवी छहरा गाउँपालिका प्रमुख रामबहादुर कार्की, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उपप्राध्यापक राजेश्वर उदय, रेडक्रस पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्मा, मानव अधिकारका लागि एकल महिला सञ्जाल पाल्पाकी अध्यक्ष तुलसी गैरे घिमिरे, अधिवक्ता शान्ति बस्याल, माथागढी गाउँपालिकाका वडा ४ का वडाध्यक्ष मधु पराजुली, राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र पाल्पाका अध्यक्ष दिवाकर पाण्डेले गाउँस्तरमा विभेद न्यूनीकरणका कार्यक्रम परिचालन गर्दै शिक्षा र आर्थिक सवलीकरणमा जोड दिनुपर्नेमा बताए।

राष्ट्रिय मानव अधिकार आयोग ५ प्रदेश प्रमुख सम्झना शर्माको अध्यक्षतामा चलेको कार्यक्रमको सञ्चालन मानव अधिकार अधिकृत कल्पना नेपाल आचार्यले गरेकी थिइन्।

कार्यक्रममा पत्रकार सेनानी मेघराज शर्मा, मानवअधिकारकर्मी भगवान् भण्डारी, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख विश्वमणि पोखरेल, प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख वीरेन्द्रकुमार यादव, बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामी लगायतले २१ औं शताब्दीमा पनि छुवाछूतको विषय उठ्नु दुःखद रहेको भन्दै जातीय विभेद न्यूनीकरणका साझा साझा अभियान आश्यक हुने धाराणा राखेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width