पाल्पा २६ जेठ । पाल्पामा विषाक्त जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार मृत्यु हुनेमा निस्दी गाउँपालिका–३ का ९ वर्षीया निर्मला सिंह ठकुरी छन् ।
जिल्ला प्रहरी पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले दिएको जानकारी अनुसार सोही ठाउँका ४ वर्षीय विष्णु सिंह गम्भीर घाइते भएका छन् । सापकोटाले टेलिफोन सम्पर्कमा जानकारी दिए । च्याउ सेवनबाट अन्य ९ जना गम्भीर बिरामी परेका छन् ।
विरामी पर्नेमा सोही ठाउँका ४५ वर्षीय पुरन खाम्चा, उनकी पत्नी ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमसिं ठकुरी, ३० वर्षीया दानकुमारी सिं, ७ वर्षीय सुमन सिं, सोही ठाउँकी धनकुमारी सिं, निसा सिं ठकुरी र निरुता सिं रहेका छन् ।
बिरामी सबैको नवलपुरको डण्डा स्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रनाउ सापकोटाले बताए । उनीहरुले शुक्रबार साँझ घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाएका थिए । शनिबार अपरान्हदेखि विरामी परेका उनीहरुलाई बान्ता हुने, बेहोस हुने र अत्तालिने गरेपछि अस्पताल पु¥याइएको थियो ।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
चुनावको जात्रा, मकैको व्यापार
बजेट अधिवेशन आजदेखि
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९