पोखरा,२६ जेठ । नेपाली काँग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले केपी नेतृत्व सरकारले संबैधानिक निकायलाई कमजोर बनाएर अधिनायकवाद तर्फ अगाडि वढ्न खोजेको आरोप लगाएका छन् ।
प्रेस युनियन कास्कीद्वारा आइतवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा. महतले त्यस्तो आरोप लगाएका हुन् ।
वर्तमान सरकार अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संथालाई नियन्त्रणमा लिएर अधिनायकवाद र संस्थागत भ्रष्टाचारमा जुटेको छ,उनले भने–अरबौ रुपैयाँ भ्रष्टाचार भएका मुद्दाहरु वाहिर आउँदा समेत अख्तियार लगायतका संस्था मौन बसेका छन् ।
भ्रष्टाचारमा सरकार आफै सम्लग्न छ, उसले छानविन समिति वनाउने त कुरै भएन,भ्रष्टाचार गर्ने मन्त्री र नेताको समेत बचाउ गर्छ, तर भ्रष्टाचार नियन्त्रण गर्ने निकाय पनि मौन बस्नु विडम्वना हो, उनले भने–संसदमा काँग्रेसको संख्या थोरै भएका कारणले गर्दा भ्रष्टाचार लगायतका मुद्दालाई शशक्त रुपमा उठान सककेो छैन ।
सरकारबाट आम जनताले जुन आशा गरेका थिए त्यो आशा र अपेक्षा पुरा हुन सकेन,प्रधानमन्त्री केपी शर्मा ओली कुरा गर्ने काम नगर्ने, आम जनताले वर्तमान सरकारबाट समृद्धिको आशा गर्न पनि सकेनन् । देशमा असुरक्षा, मजदुर आन्दोलन, लगानी मैत्री वातावरण नहुनुको साथै नेताको व्यक्तिगत सेवा सर्त पुरा गर्नु पर्ने भएकाले विदेशी लगानीको त कुरै छाडौ स्वदेशी लगानी कर्ता समेत लगानी गर्न अघि नसरेको उनले बताए ।
वर्तमान सरकाले प्रेस माथि अंकुश लगाउन खोजेको छ,संसदमा पेश गरिएको मिडिया काउन्सिल विधेयकलाई पास गर्न नेपाली काँग्रेसले कुनै पनि हालतमा दिदैन । काँग्रेस सधै प्रेस स्वतन्त्रता, मानव अधिकार, व्यक्ति अधिकार र लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो नेता महतले भने–सरकारले व्यक्तिगत सम्पत्ती माथि समेत संकुचन ल्याउन खोज्दै छ ।
नेपाली काँग्रेसले संचालन गरेको जागरण अभियानको क्रममा आम नागरिकसँग कुरा हुँदा वर्तमान सरकारले कुरा मात्र गरेको समृद्धि, मंहगी नियन्त्रण, र रोजगारी तर्फ कुनै काम नगरेको गुनासो गरेका छन्, उनीहरुले काँग्रेस ले नै शासन गरोस् भन्ने कामना गरिरहेका छन्, अव काँग्रेस जनताका दुःख सुखमा सहभागी हुदै पार्टीलाई अगाडि वढाउन जरुरी छ, उनले भने ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले काँग्रेसलाई बलियो वनाउन अव काँग्रेसका हरेक कार्यकर्ता व्यत्तिःवादी प्रवृति छाडेर काँग्रेसको सिद्धान्त अनुसार अगाडि वढ्न जरुरी छ । व्यत्तिवादी चरित्रले काँग्रेस कमजोर र निर्वाचनमा पराजय भोग्नु परेको भनाई भट्टराईको थियो ।
Related News
सम्बन्धित समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
hero news full width
मुख्य समाचार
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०