न्यू ग्यालेक्सी मावि पोखरा–३, नदीपुरको आयोजनामा तेस्रो न्यू ग्यालेक्सी एसइइ छात्र छात्रा बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ।
छात्र र छात्रा दुवैतर्फ कास्की बास्केटबल एकेडमीले उपाधि चुमेको छ। छात्रतर्फ विजयी टिमले नगद १० हजार ट्रफी, मेडल र प्रमाण पत्र तथा छात्रा तर्फ ८ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे।
छात्रतर्फ मेसा ‘ए’ र छात्रा तर्फ न्यू ग्यालेक्सी (उच्च) मावि उपविजेता बने। उनीहरुले क्रमशः ५ हजार, ४ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे।
हाइस्कोरमा छात्रतर्फ कास्की बास्केटलबल एकेडेमीका राज गुरुङ र छात्रातर्फ न्यू ग्यालेक्सीकी प्रिती गुरुङ तथा उत्कृष्ट खेलाडीमा छात्रतर्फ मेसाका खवीन गर्बुजा र छात्रातर्फ कास्की बास्केटबलकी एकेडेमीकी सर्भिका गुरुङ घोषित भए। उनीहरुलाई न्यू ग्यालेक्सीमा फुल स्कुलरसिफको व्यवस्था गरिएको न्यू ग्यालेक्सी माविका संस्थापक निर्देशक राजु कायस्थले जानकारी दिए। उनका अनुसार विद्यालयमा पढाइ हुने विज्ञान, व्यवस्थापन, टुरिजम्, र होटल म्यानेजमेन्ट जुन संकायमा अध्ययन गर्न चाहे भने कक्षा ११ र १२ मा फुल स्कुलरसिफको व्यवस्था गरिएको छ।
एसइइ दिएर बसेका विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको विद्यालय प्रिन्सिपल डा रामजी शर्माले जानकारी दिए। चार दिनसम्म चलेको प्रतियोगितामा छात्रतर्फ १३ र छात्रा तर्फ ४ गरी १७ टिमको सहभागिता रहेको विद्यालयका भाइस प्रिन्सिपल राजेश भण्डारीले जानकारी दिए।
प्रमुख अतिथि पोखरा ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजुले विद्यार्थीका लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष डा एलियामा जोनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल डा शर्माले स्वागत र विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठले सञ्चालन गरेका थिए। कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा मिडिया फुटसल प्रतियोगिता हुने
गण्डकीमा खेलाडी छनोट र बन्द प्रशिक्षण कार्यतालिका सार्वजनिक
पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता
क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत
‘स्वस्थ नागरिकका लागि खेलमैदान’
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९