विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा मञ्जित श्रेष्ठको नेतृत्वमा रहेको पुलिसले विनोद भण्डारीले कप्तानी गरेको आर्मीलाई चार विकेटले पराजित गर्दै प्रधानमन्त्री कपमा पहिलो पटक उपाधि हासिल गर्न सफल भयो। उपाधिसहित पुलिसले २० लाख रुपैयाँ प्राप्त गरेको छ।
प्रतियोगिताको तीनै संस्करणसम्मको खेलमा फाइनल पुगेको आर्मी उपाधिविहीन बन्यो। हारसँगै उपविजेतामा चित्त बुझाएको आर्मीले १० लाख रुपैयाँ पायो। टस जितेर पहिले ब्याटिङ थालेको आर्मीले पुलिसलाई १२६ रनको सामान्य लक्ष्य दिएको थियो। पुलिसले ४० दशमलव ३ ओभरमा छ विकेट गुमाएर विजय लक्ष्य भेट्टायो।
पुलिसको जीतमा अमित श्रेष्ठले ४० बल खेल्दै २ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक ४४ रन बनाए। त्यसैगरी, सुनिल धमालाले अविजित ४२ रन जोड्दा कप्तान मञ्जितले अविजित ११ रन जोडे। बलिङतर्फ आर्मीका करण केसीले व्यक्तिगत ३ विकेट लिए। त्यस्तै, शाहव आलमले दुई विकेट लिँदा सुसन भारीले एक विकेट हात पारे।
पहिले ब्याटिङ गरेको आर्मीको शुरुआत उत्कृष्ट भएपनि त्यसलाई निरन्तरता दिन नसकेपछि हार बेहोर्न बाध्य बन्यो। आर्मी ३३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो। शुरूआती ब्याट्सम्यान सोमपाल कामी र राजु रिजालले पहिलो विकेटका लागि १५ दशमलव ५ ओभरमा ७२ रनको साझेदारी गर्दै ठूलो योगफलको सम्भावना देखाएका थिए। ललितनारायण राजवंशीले सोमपाललाई पवन सराफबाट क्याच आउट गर्दै ३५ रनमा पेभिलिएन फर्काएपछि आर्मीको खेलको स्तर खस्किएको थियो।
सोमपालले ४० बल खेल्दै २ छक्का र ३ चौकाको मद्दतमा ३५ रन बनाएका थिए। राजु रिजालले ३२, भीम सार्कीले २० तथा रोहित पौडेलले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। मध्यक्रमका कुनैपनि ब्याट्सम्यानले जिम्मेवार भएर नखेल्दा आर्मी सस्तैमा समेटिन पुगेको थियो। आर्मीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका ललित राजवंशी र पवन शराफले समान ४ विकेट लिए। सागर ढकालले एक विकेट हात पारे।
समूह चरणको खेलमा पनि पुलिसले आर्मीलाई ५० रनले पराजित गरेको थियो। त्यस्तै, यस संस्करणको प्रतियोगितामा पुलिस र आर्मी एउटै समूहबाट फाइनलमा पुगेका थिए। समूह बी मा रहेको पुलिस समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेको थियो। पुलिसले सेमिफाइनलमा साविक विजेता एपीएफलाई ५ विकेटले पराजित गर्दै फाइनलको यात्र तय गरेको थियो। उता समूह चरणमा पुलिससँग मात्र हार बेहोरेको आर्मीले सेमिफाइनलमा प्रदेश नं ३ लाई १ सय १७ रनले पराजित गरेको थियो।
राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा भएको उक्त प्रतियोगिता यही जेठ १० गतेदेखि शुरू भएको थियो। प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी १० टोलीको सहभागिता थियो।
समूह ‘ए’मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी थिए। समूह ‘बी’मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश सहभागी थिए।
यसअघि, दुई विभागीय टोली पुलिस र आर्मी उक्त प्रतियोगिताको पहिलो संस्करणमा संयुक्त विजेता बनेको थिए। वर्षाका कारण फाइनल खेल रद्द भएपछि दुवैले ट्रफी बाडेका थिए।
त्यस्तै, दोस्रो संस्करणको उक्त प्रतियोगितामा पुलिस सेमिफाइनलमा पराजित भएको थियो भने आर्मी फाइनलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग पराजित भएको थियो।
Related News
सम्बन्धित समाचार
‘खेल्छ गण्डकी’ बाट महिला खेलाडी तयार गरिने
मेयर कपको उपाधि वडा नम्बर २ लाई
देश्ना चन्द कपमा ‘केआइइसी बुन’ च्याम्पियन
ठेलोमा पर्वतको वर्चश्व
कास्की जिल्ला बक्सिङ संघमा सुमन
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०