राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७६ बाट पत्रकार तिलकप्रसाद पुन पुर्जामगर सम्मानित भएका छन्।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ, कास्की शाखाद्वारा सञ्चालित सो पुरस्कारबाट पत्रकार पुन सम्मानित भएका हुन्। शनिबार आयोजित कार्यक्रममा मगर संघ, हङकङकी अध्यक्ष युगमाया रानामगर, नेपाल मगर संघका केन्द्रीय संरक्षक झकबहादुर थापामगर र राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगरले १० हजार ५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित पत्रकार पुनलाई सम्मान गरेका थिए।
नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा छनौट समितिले पत्रकार पुनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। विगत २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार पुन नेपाल पत्रकार महासंघको साधारण सदस्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पूर्व केन्द्रीय उपाध्यक्ष, नेपाल मगर पत्रकार संघका केन्द्रीय सल्लाहकार हुन्।
नेपाल मगर संघका पूर्वअध्यक्ष एवं केन्द्रीय संरक्षक झकबहादुर थापामगरले मगर पत्रकारहरूले मगर जातीय एकतालाई सुदृढ गर्न सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए।
Related News
सम्बन्धित समाचार
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
ओटेफको स्थापना दिवसमा बटुक र ज्येष्ठ नागरिकलाई भोजन
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९