हेमजामा बेमौसमी तरकारी उत्पादन तालिम सम्पन्न भएको छ। जेठ १० देखि शुरु उक्त तालिम शुक्रवार सम्पन्न गरिएको हो।
घरेलु तथा साना उद्योग कार्यालय कास्कीको सहयोग तथा सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेष्ट) पोखराको सहजीकरणमा तालिम भएको हो। जसमा पोखरा महानगरपालिका कृषि महाशाखाकी प्राविधिक पुष्पा नेपालीले सहजीकरण गरेकी थिइन्।
तालिम समापनमा पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले नेपालमा कृषि पेशालाई सम्मानित बनाउनुपनेर्मा जोड दिए। उनले बेमौसमी तरकारी खेतीबाट मनग्य अर्थापार्जन गर्न सकिने बताए।
घरेलु कार्यालय प्रमुख चक्रपाणि गौतमले बेमौसमी खेती गर्नु जटिल कुरा भएको जनाउँदै त्यसमा पनि अर्गानिक बेमौसमी झनै जटिल हुने बताए। उनले पछिल्लो समय नेपालीमा क्रमश विकास हुँदै गएको घरमा बसेरै खान खोज्ने प्रबृतिको अन्त्य गर्नुपर्ने पनि जनाए।
वडा सदस्य लक्ष्मी अधिकारीले हेमजा कृषि क्षेत्र भएको भनाइ राखिन्। सहभागि तथा महिला संजाल हेमजाकी अध्यक्ष रमा त्रिपाठीले तालिम उपलब्धिमूलक भएको जनाएकी थिइन्।
तालिममा सहभागी विष्णु त्रिपाठी, माया विक, दुर्गा त्रिपाठी, प्रशिक्षक पुष्पा नेपाली लगायतले पनि तालिमका अनुभव सुनाएका थिए।
गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्र्तगत तालिम दिइएको हो। जसमा व्यावसायिक कृषक बन्न इच्छुक हेमजाका १९ जना स्थानीयको सहभागिता थियो।
सो तालिममा तरकारी खेती कसरी लगाउने, जैविक मल कसरी निर्माण गर्ने, बालीमा रोग किराको आक्रमण कसरी रोक्ने, बेमौसमी अर्गानिक उत्पादन कसरी गर्ने लगायत विषयमा प्रशिक्षण दिइएको जनाइएको छ। सहभागीले अबदेखि व्यावसायिक तरकारी खेती गर्ने प्रतिबद्घता पनि व्यक्त गरेका छन्।
हेमजा अर्गानिक लघु उद्यम कृषि समूह अध्यक्ष भीममाया त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम नेष्ट पोखराका प्रतिनिधि खुमबहादुर गुरुङले गरेका थिए।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१