मानव मिलन नारी जागरण नेपालले शाारीरिकरुपमा अशक्त पोखरा भलामका ५४ वर्षका चेतबहादुर गुरुङलाई सहयोग गरेको छ।
बाल्यकालदेखि नै शारीरिकरुपमा अशक्त गुरुङले हातको सीपले बुन्ने डोको, नाम्लो, लगायत बाँस, निगालोबाट बुन्ने सामाग्री बिक्री गर्न सहजहोस् भनी संस्थाले फलाम र जस्तापाताको ट्रस्ट निर्माण गरिदिएको हो।
हिँडडुल गर्न नसके पनि चेतबहादुरले हातको सहयोगले बाँस, निगालोको चोया काडेर विभिन्न सामग्री बनाउँदै आएका छन्। हालसम्म उनले आफ्नै घरबाट यस्ता सामग्री गाउँलेहरुका लागि बनाउँदै आएका छन्।
ट्रस्ट पाएपछि चेतबहादुरले खुसी हुँदै भने, ‘अहिलेसम्म तल घरमै यस्ता सामग्री बनाउँदै आएको थिएँ। धेरैले थाहै पाउँदैनथे। अब त बाटोमै भयो। गाउँले बाहेक बाटो हिड्नेले पनि मेरो सामान किन्लान्, दुई पैसा भनेनी कमाउँछु। ’
प्रमुख अतिथि संस्था सल्लाहकार समाजसेवी सरस्वती गुरुङले ट्रष्टपछि चेतबहादुरको आयआर्जनमा परिवर्तन आउने विश्वास व्यक्त गरिन्। ‘समाजमा आफ्नो लागि बाँच्नेको मरण हुन्छ र अरुको लागि पनि बाँच्नेको स्मरण हुन्छ, ’ गुरुङले भनिन्, ‘चेतबहादुर दाइ हिँडडुल गर्न नसकेर के भो र, उहाँसँग सीप छ अब उहाँको सीप बिक्रीका लागि ठाउँ बनेको छ। ’
संस्था अध्यक्ष सविता बराल, प्रभा गौतम, कमला गिरीले महिलाहरु मिलेर समाज परिवर्तन गर्न ब्यक्तिगत खर्चमा यस्तो सहयोग गर्दै आएको बताए।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९