सहकारी विभाग रजिष्टार डा टोकराज पाण्डेले सदस्यकेन्द्रित सेवा र सदस्यको लाभको लागि काम नसके सहकारी हुन नसक्ने बताएका छन्।
राष्ट्रिय सहकारी बैंक पोखरा शाखाको आर्थिक सहयोग र जिल्ला सहकारी संघ कास्कीको आयोजनामा भएको दुईदिने कर्जा व्यवस्थापन तालिममा रजिष्ट्रार डा पाण्डेले उक्त कुरा बताएका हुन्।
पाण्डेले सहकारी ऐन, कानून, विधेयक सहकारीको अनुगमन, मार्गदर्शक र नियमनका लागि भएको बताउँदै कानूनमा भएका कुरालाई कसरी प्रभावकारी ढंगले अगाडि बढाउन सकिन्छ भन्ने विषयमा चिन्तित रहन सुझाव दिए।
सहकारी नियमावली, २०७५ ले केही बाध्यात्मक अवस्था सिर्जना गरेपनि सहकारी संस्थाको गुणात्मक अवस्था वृद्धिमा ध्यान दिएको भन्दै पाण्डेले विभागले सहकारी सिद्धान्त र मर्म अनुसार सहजीकरण गरि अन्तिम रुप दिनको लागि विशेष सहयोग गर्ने बताए।
सहकारीमा दोहोरो सदस्यता लिएर केही बदमासी भएको बताउँदै रजिष्ट्रार पाण्डेले प्रदेश र स्थानीय सहकारको समन्वयमा दोहोरो सदस्यता अन्त्य, सहकारीमा देखिएका समस्या, ऐन कानून मिच्ने प्रवृत्तीलाई कानूनको बाटोमा ल्याउन आवश्यक सहयोग गर्न आग्रह गरे।
उनले भने, ‘सहकारी सञ्चालनमा लाभ भनेको सदस्यले पाउनुपर्दछ, सञ्चालक र कर्मचारीले नै बढी मात्रामा लाभ लिइरहको देखिन्छ। कोपोमिस सफ्टवयर सहकारीलाई मर्यादित, अनुशासित र सुशासनमा राख्नको लागि ल्याइएको हो, अब यसलाई प्रयोग नगरी कुनै सहकारी अगाडि बढ्न नसक्ने र नमुना सहकारीको विकास गर्न सबैको साथ आवश्यक छ। ’
जिल्ला सहकारी संघ अध्यक्ष रविरमण तिवारीले सहकारीलाई सुव्यवस्थित, सुशासन कायम गराउन केन्द्र देखिको नै सहयोग आवश्यक भएको बताए।
नेफस्कुन गण्डकी संयोजक भीम गुरुङ, इ. सुरेन्द्र केसी र राष्ट्रिय सहकारी बैंकका पोखरा शाखाका प्रबन्धक सन्तोष घिमिरेले २९ सहकारी संस्थाबाट प्रतिनिधित्व गर्ने सहभागीलाई कर्जा व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएका थिए।
संघका वरिष्ठ उपाध्यक्ष बलराम गौतमले स्वागत मन्तव्य राखेको तालिमको सञ्चालन महासचिव छविलाल लामिछाने गरेका थिए।
Related News
सम्बन्धित समाचार
सेयर बजारसम्बन्धी लगानीकर्ता शिक्षा
मुद्रण उद्योग संघमा अक्षयकोष स्थापना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
पोखरामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आफ्नै भवन
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
hero news full width
मुख्य समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
जेठ २७, २०८०टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
जेठ २७, २०८०कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०