आइसीसी विश्वकप क्रिकेट अस्ट्रेलियाको लगातार दोस्रो जित

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७६
ICC, Cricket Australia

पोखरा । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उपाधिको प्रमुख दाबेदार मानिएको अष्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ ।

बिहीबार राति सकिएको खेलमा वेस्ट इन्डिजलाई १५ रनले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित हात पारेको हो । यसअघि पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो ।

अस्ट्रेलियाले दिएको २ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित ५० ओेभरमा ९ विकेटको क्षतिमा २ सय ७३ रनमा मात्रै जोड्यो ।

ट्रेन्ट बिज्रमा वेष्ट इन्डिजका लागि साइ होप र कप्तान होल्डरले अर्धशतक बनाएपनि टोलीलाई जिताउन सकेनन् । कप्तान होल्डरले ५१ रन जोडे भने १ सय पाँच बल खेलेका होपले ७ चौकाको मदतमा ६८ रन जोडेका थिए ।

त्यस्तै, निकोलास पुरानले ४० रन, ओपनर क्रिस २१ रन, इभिन लेभिसले १ रन, आन्द्रे रसेल १५ रन र कार्लोस वाथवेट १६ रनमै आउट हुँदा वेस्ट इन्डिज जित नजिक पुगेर पनि पराजित हुन पुग्यो ।

अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट, प्याट कुमिन्सले २ विकेट लिए भने र एडम जम्माले १ विकेट लिए ।

यसअघि, टस जितेको वेस्ट इन्डिजले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभरमा २ सय ८८ रनमा जोडेको थियो । अष्ट्रेलियाका लागि नेथन कुल्टर नाइलको उत्कृष्ट प्रदर्शनमा गरेको थियो । नेथनले ६० बलमा ८ चौका र ४ छक्काको मद्दतमा ९२ रन बनाएका थिए ।

१ सय ३ बल खेलका स्मिथले ७ चौका मदतमा ७३ रनको योगदान दिए । ५५ बल खेलेका एलेक्स केरीले सात चौकाको मद्दतमा ४५ रन बनाएका थिए । मार्कुस स्टोनिस १९ रन, उसमान ख्वाजा १३ रन, मिचेल स्टार्कले ८ रन,प्याट कुमिन्स २ रन, ओपनर डेबिड वार्नर ३ रन जोडे भने ग्लेन म्याक्सवेल खाता नै खोल्न सकेनन् ।

वेष्ट इन्डिजका लागि कार्लोस ब्राथवेटले ३ विकेट लिदाँ आन्द्रे रसेल, आरोन थोमस र शेल्डन कोट्रेलले २–२ तथा होल्डरको नाममा १ विकेट रह्यो । अष्ट्रेलियाले अब तेस्रो खेल भारतसँग खेल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा स्पोर्ट्स अवार्ड समिति

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०७९
    पोखरा । पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणका लागि संयोजकमा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराललाई तोकिएको छ…
  • पोखरामा आर्चरी प्रशिक्षण

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०७९
    पोखरा । पोखरा रंगशालाको आर्चरी प्रशिक्षण केन्द्रमा आर्चरी लेवन वान ओलम्पिक सोलीडारिटी प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । एक साता…
  • बाघचालमा नवीन प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लमजुङ । सुन्दरबजार–१० स्थित कानेस्वाँरामा आयोजित बाघचाल प्रतियोगितामा नवीन बास्तोला प्रथम भएका छन् । दुरा सेवा समाज धुसेनी इकाइको आयोजनामा…
  • रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नवीन श्रेष्ठले तेस्रो संस्करणको रेबान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिता उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा…
  • रेबान कप टेनिस फाइनल आज

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । तेस्रो रेबान कप टेनिसको मेन्स सिंगल्स उपाधिका राजन पौडेल र नवीन श्रेष्ठ प्रतिस्पर्धा गर्ने भएका छन् । कास्की…

hero news full width