पोखरा । पोखरा–६ खहरे आमा समुहले खाद्य परिकार तथा झोल साबुन बनाउने तालिम लिएका छन् ।
पोखरा महानगरको आर्थिक सहयोगमा खहरे आमा समूहले ५ दिन तालिम दिएको हो । उक्त तालिममा ४० जना स्थानीय महिलाले सहभागिता रहेको र तालिम शारदा गौतमले दिएकी छन् ।
समुहले कोदो, चामल, गहुँको पिठाबाट केक, निम्किन, पुरीका साथै केरा, आँफ, जागर, खुर्सानी, काक्रा जस्ता तरकारी तथा फलफुलहरुबाट जुस, अचार, तयार पारेका छन् ।
तालिम समापनको कार्यक्रममा शुक्रबार पोखरा–६ का वडाध्यक्ष जगतबहादुर पहारी, वडा सदस्य विष्णुबहादुर भट्टराई, राममाया विश्वकर्मा, पोखरा महानगरपालिकाक सूचना अधिकारी गंगालाल सुवेदी, नागरिक समाज पोखराका अध्यक्ष विष्णुहरि अधिकारी, वडा सचिव सविता ढुंगाना, खहरे टोल विकास समितिका उपाध्यक्ष तथा पश्चिमाञ्चल होटल संघका महासचिव गणेशराज पहारी, सामुदायिक सेवा केन्द्र वैदामकी अध्यक्ष मीना भट्टराई लगाएतले तालिम लिए पछि तालिमको सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
तालिममा एक महिनासम्म नविग्रने अचारको साथमा ९० लिटर झोल साबुन बनाएका छन् । उक्त अचार तथा झोल साबुन विक्रीका लागि समूहका सदस्यहरुको पसलमा राखिने वताइएको छ ।
अवसरमा वडा सदस्य विष्णुबहादुर भट्टराइले समुहका गतिविधिलाई निरन्तरता दिन दश हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । खहरे आमा समुहकी अध्यक्ष मैया भट्टराई थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अञ्जना पहारीले र संचालन सचिव पम्फा थापाले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९