काठमाण्डौ, २५ जेठ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले दुई हजार ४४९ व्यापारीलाई कारवाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको हालसम्म नाप्ने तथा तौलने यन्त्र जाँच तथा नवीकरण नगराएको भन्दै ती व्यापारीलाई कारवाही गरेको हो ।
कार्यालयका प्रमुख एवं उपसचिव राकेशकुमार झाले तौलमा घटी बढी गरेर सामान बिक्री वितरण गर्ने तथा समयमा नाप्ने तौलने यन्त्र परीक्षण नगर्ने व्यापारीलाई कारवाही गरेको जानकारी दिनुभयो । “नापतौल कार्यालयको मापदण्ड विपरीत काम गर्ने व्यापारीलाई कारवाही गरेका हौँ”, उनले भने ।
चालू आवमा एक हजार ४३ व्यापारीले नाप्ने तथा तौलने यन्त्रका लागि अनुमतिपत्र प्राप्त गरेका छन् भने ४५ व्यापारीको इजाजतपत्र नवीकरण गरिएको छ । तीन हजार ७३४ व्यापारीले नाप्ने तथा तौलने यन्त्र, ४६२ पटक पेट्रोलियम पदार्थ वितरण गर्र्ने पेट्रोल पम्प र ३० पटक पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करलाई जाँच गरेको कार्यालयले जनाएको छ । कार्यालयले चालू आवमा नापतौल यन्त्र दर्ता, नवीकरण तथा पेट्रोलपम्प जाँचबाट रु ९२ लाख ७१ हजार ३०३ राजश्व सङ्कलन गरेको छ ।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९