पोखरा, २४ जेठ । महिलाहरुका लागि उद्यमशिलता सम्बन्धी ५ दिने नटक्राफ्ट तालिम पोखरामा सम्पन्न भएको छ ।
पर्यटकीय नगरी पोखरामा हस्तकलाका सामाग्रीको माग बढ्दै गएसँगै उत्पादनमूलक कार्यमा महिलाहरुलाई अग्रसर बनाउने उदेश्यले यस्तो तालिम संचालनमा ल्याइएको हो ।
महिला मञ्च कास्कीको आयोजनामा भएको सो तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशका सचिव दिर्घनारायण पौडेलले महिलाहरुलाई आर्थिक सबल बनाउन सके मात्र समृद्धिको ढोका खुल्न मद्वत पुग्ने बताए ।
तालिम दिदा लक्षित समूहको आवश्यकतालाई मध्यनजर राखेर दिनुका साथै सीप सिकेर ब्यवसायिकता तर्फ अगाडि बढ्नुपर्ने कुरामा जोड दिए। कार्यक्रमका अध्यक्ष दुर्गा कुमारी के.सी.ले महिला उद्यमशिलता आजको आबश्यकता भएकाले सीपमूलक तालिमको आयोजना गरिएको बताइन् ।
सामाजिक मन्त्रालय गण्डकी प्रदेशका उपसचिव भिम प्रसाद तिवारीले गण्डकी प्रदेशलाई उद्यमशिलताको नमूना प्रदेशको रुपमा बिकास गर्ने सोच मन्त्रालयले राखेको बताउँदै सोही अनुसारका कार्य अगाडि बढाउने बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका कार्यबाहक अध्यक्ष बिमला भण्डारीले महिलाहरुको अर्थमा पहुँच नभएकै कारण बिभिन्न खाले हिंसामा पर्नुपरेको बताए । स्थानीय कच्चा पदार्थबाट बन्ने हस्तकलाको बजार फराकिलो भएता पनि माग अनुसारका बस्तु उत्पादन हुन नसकेकाले उद्यमशिलताको बिकासमा चुनौती थपिएको बताए ।
नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाटले गण्डकी प्रदेशमा रहेका महिलाहरुको आयस्तर बढाउनका लागि प्रदान गरिएका तालिमहरुको अनुगमन हुनुपर्नैमा जोड दिए । तालिमका लागि मात्र सीप दिदा त्यसको औचित्य नरहने बताउँदै मन्त्रालयको ध्यान त्यतातर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा महिला उद्यमी नम्रता बराल, सामाजिक व्यक्तित्व बिजयराज आचार्र्य, नारी परोपकार आमा समूहक अध्यक्ष शारदा गिरी ,स्वस्तीक हस्तकलाका उधोगका अध्यक्ष सिता गुरुगं लगायतले बोलेका थियो ।
सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा सम्पन्न उक्त तालिममा पोखरा महानगरका ५० जना महिलाहरुले हस्तकलाका सामाग्री उत्पादन सम्बन्धी तालिम लिएका थिए । उनीहरुले उत्पादन गरेका सामाग्रीहरु सजावटका लागि बढि प्रयोग एवं बिक्रि हुने भएकाले बजारमा उच्च माग रहेको समेत बताइएको छ ।
सहभागीको तर्फबाट बोल्दै अन्जु क्षत्रीले यो तालिम निकै फलदायी रहेको र समय अलि कम भएको बताउँदै एडभान्स कोर्ष पनि आबश्यकता भएको बताए । सो तालिममा उत्कृष्टता हासिल गरेका सहभागीलाई पुरस्कृत समेत गरिएको छ । प्रथम हुनेमा अन्जु क्षत्री, द्धितीयमा ज्योति शाही र तृतीय नारायणी बस्नेत रहेका छन् । तालिम अबधीभर सुमित्रा श्रेष्ठ, मन्जु परियार लगायतका ४ जना प्रशिक्षकले तालिम प्रदान गरेका थिए ।
Related News
सम्बन्धित समाचार
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
अन्नपूर्णको नीति कार्यक्रम माथि छलफल
नर्सको मनोबल बढाउन अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०