टीभीएस अपाचे चौथो संस्करणको पोखरा स्पोर्टस् अवार्ड शुक्रवार (आज) हुँदैछ। पोखरा सभागृहमा शुक्रबार दिउँसो १ बजे हुने सो कार्यक्रम मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न हुँदैछ।
अवार्ड कार्यक्रम सफल बनाउन यतिखेर आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी सक्रियतासाथ लागेको छ। मञ्च अध्यक्ष एकराज गिरीले अवार्ड कार्यक्रमलाई कुनै कमीकमजोरी हुन नदिने बताएका छन्। लगातार तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको मञ्चले यसपालि गण्डकी प्रदेशस्तरकै अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्टसहित विभिन्न ८ विधामा अवार्ड प्रदान गर्दैछ। मनोनयनमा पर्ने वर्ष खेलाडीहरुमा पुरुषतर्फ अमृत थापा (स्क्वास), रुपक नेपाली (फूल कन्याक्ट कराँते) र युकेश गुरुङ (प्याराग्लाइडिङ) छन्। त्यस्तै, वर्ष खेलाडी महिलातर्फ प्रीति बराल (सफ्ट टेनिस), श्रेया केसी (सुटिङ) र सुष्मी श्रेष्ठ (फूल कन्ट्याक्ट कराँते) छन्।
वर्ष उदियमान खेलाडी विधातर्फ अनुष्का शेरचन (आर्चरी), अर्जुन कुमाल (क्रिकेट) र सुस्मिता थापामगर (आइटीएफ तेक्वान्दो) तथा वर्ष उत्कृष्ट प्रशिक्षकमा भीमसेन शाक्य (ह्याण्डबल), दीपक गोदार (फूल कन्याक्ट कराँते) र राजेन्द्र पाठक (हक्की) छन्।
लाइफटाइम अचिभमेन्ट अवार्ड यसपालि बक्सिङका चित्रबहादुर गुरुङलाई प्रदान गरिने नै घोषणा भैसकेको छ। पपुलर प्लेयर अफ दी इयरको लागि वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष उदियमान खेलाडी विधाका कुल ९ जनामध्ये आफूले चाहेको खेलाडीलाई एसएमएस भोटिङ गर्न सकिने व्यवस्था जारी छ। यस्तै, वर्ष उत्कृष्ट पत्रकारिता अवार्डबाट एकजना पत्रकारलाई र वर्ष उत्कृष्ट खेल संघलाई समेत नगदसहित सम्मान गरिनेछ। अवार्डका लागि बतास ब्रदर्श प्रालिको मुख्य प्रायोजनमा हुने कार्यक्रममा यसपालि गण्डकी प्रदेश सरकारले ५ लाख दिएको छ। वर्ष खेलाडी पुरुषलाई टीभीएस अपाचे मोटरसाइकल र वर्ष खेलाडी महिलालाई वीगो स्कूटर प्रदान गरिनेछ।
Related News
सम्बन्धित समाचार
‘खेल्छ गण्डकी’ बाट महिला खेलाडी तयार गरिने
मेयर कपको उपाधि वडा नम्बर २ लाई
देश्ना चन्द कपमा ‘केआइइसी बुन’ च्याम्पियन
ठेलोमा पर्वतको वर्चश्व
कास्की जिल्ला बक्सिङ संघमा सुमन
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०