सत्यता बचत तथा ऋण सहकारी संस्थाको छैटौं स्थापना दिवस अवसरमा आयोजित साक्षात्कार कार्यक्रमका सहभागी । तस्वीर : भीमपाणि बराल /आदर्श समाज
पोखरा महानगरपालिकास्तरीय सहकारी व्यवस्थापन समिति अध्यक्ष तेजनारायण अधिकारीले सहकारीका नाममा पैसा किन्ने र बढी ब्याजदरमा पैसा बेच्ने दिन गएको बताएका छन्।
सहकारी संचालनको कार्यविधि स्थानीय तहमा स्थानान्तरण भएपछि महानगरतर्फबाट अध्यक्ष बनेका अधिकारी विहीवार पोखरा–२६, विजययुरको सत्यता बचत तथा ऋण सहकारी संस्थाको छैटौं स्थापना दिवस अवसरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै थिए।
उनले सहकारी जुन उद्देश्यका साथ स्थापना गरिएको छ, सोही मुताविक काम गरेर देखाउनु पनेर्मा जोड दिए।
‘हामी विकास र समृद्धिका कुरा गर्ने तर व्यवहारमा दुई प्रकारको लेखा प्रणाली राखेर सहकारीको नियमविपरीत काम गर्ने प्रचलनको अन्त्य गरी पैसा बेचेरै सेयर सदस्यलाई प्रतिस्पर्धाको नाममा बोनस खुवाउने प्रचलनको अन्त्य हुन्छ,’ उनको भनाइ थियो।
एक व्यक्ति एक सहकारी सिद्धान्तअनुसार सहकारीलाई विकास निर्माणको अभियानमा सहभागी गराउनुपनेर्मा जोड दिँदै अध्यक्ष अधिकारीले सेयर सदस्यको आयआर्जनमा सहयोग पुग्ने गरी उत्पादनशील क्षेत्रमा लगानी गर्नुपनेर्मा जोड दिए।
संस्था अध्यक्ष खड्कबहादुर रानाभाटको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल, वडा सदस्य रामकृष्ण जिसी, सिलिङ्गे कृषि सहकारीका प्रतिनिधि चिनिया थापा, रानाभाट समाजका भवन निर्माण समिति अध्यक्ष ठाकुर रानाभाट लगायतले सहकारीको आवश्यकता र यसको उपयोगिताबारे जानकारी दिँदै ग्रामीण तहसम्म पुर्याउनु पर्ने सुझाव राखेका थिए।
ऋण समिति संयोजक पुष्पराज बरालले स्वागत मन्तब्य राखेको सो कार्यक्रमको संचालन सहायक ब्यवस्थापक ईश्वरी थापाले गरेकी थिइन्। धन्यवाद ज्ञापन उपाध्यक्ष नीकिता सुवेदीले गरेकी थिइन्।
यसैबीच, सहकारीले स्थापना दिवस अवसर पारेर रानाभाट समाजलाई एक थान पोडियम र पोखरा २६ मा रहेको रामज्योति माविमा ३ थान डष्टविन सहयोग गरेको बताइएको छ।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९