पोखरा चेम्बर अफ कमर्स कास्कीले जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीको सम्मानमा स्वागत कार्यक्रम गरेको छ। कार्यक्रममा प्रहरी उपरीक्षक कार्कीले उद्योगी व्यवसायीलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउने बताए।
उनले व्यावसायिक वातावरण सिर्जना गर्न चेम्बर अफ कमर्ससँग सहकार्य गर्ने धारणा राखे। व्यावसायीहरुमा ठगी, चेक नसाटिने र चन्दाको आतंक बढेको संकेत गर्दै उनले चन्दा आतंक रोक्न प्रहरी कडाइसाथ प्रस्तुत हुने बताए। पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किसान सुनारले निजी क्षेत्रको सही प्रतिनिधित्व गर्दै उद्योगी र व्यवसायीहरुको भावना र चाहनाअनुसार काम गर्ने बताए।
उनले नेपालको आर्थिक, औद्योगिक तथा वाणिज्य क्षेत्रको विकासको लागि सरकारलाई व्यवहारिक सुझाव दिएको जानकारी दिए। सवल नभएसम्म देशको आर्थिक समृद्धि हुन नसक्ने धारणा राखे।
चेम्बर अफ कमर्स कास्की वस्तुगततर्फका उपाध्यक्ष यमनाथ पौडेलले उद्योगपति तथा व्यापारीको हकहितको संरक्षण गर्दै मुलुकको आर्थिक विकासमा लाग्न पर्ने बताए। कार्यक्रममा निर्माण व्यवसायी, जुत्ता व्यवसायी यातायात व्यवसायी, फेन्सी तथा रेडिमेट व्यवसायी लगायत वस्तुगत संघका प्रतिनिधिले नेपाल प्रहरीसमक्ष समस्या राखेका थिए।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको रक्तदान
सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
खाद्य लिमिटेडको बिक्री केन्द्र विस्तार
पोखरामा न्युरोडमा पाल्पा हाउस उद्घाटन
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९