७२ जनाविरुद्ध सार्वजनिक मुद्दा

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७६
court

लमजुङमा एक वर्षको अवधिमा प्रहरीले शान्ति सुरक्षा खलल गर्ने ७२ जना विरुद्ध सार्वजनिक मुद्दा दायर गरेको जनाएकोछ। जिल्ला प्रहरी कार्यालयका प्रमुख यादव ढकालले विदाई हुने क्रममा त्यसको जानकारी दिएका हुन्।

गत वर्षको वैशाख २८ गतेका दिन लमजुङको प्रहरी प्रमुखमा हाजिर भएर जेठ २३ गतेका दिनसम्मको अवधिमा आफूले सम्पन्न गरेका कामका बारेमा पत्रकार भेटघाट कार्यक्रम गरी बताएका हुन्।

प्रनाउँ ढकालले एक वर्षको अवधिमा प्रहरीले शान्ति सुरक्षा खलल गर्ने ७२ जना विरुद्ध सार्वजानिक मुद्दा दायर गरेको बताए। यसैगरी, बेसीशहर– मनाङ सडक खण्डको खुदीमा मनाङ गोरखातर्फबाट हुनसक्ने अवैध कारोवार एवं गतिविधि चेक प्वाइन्ट खडा गरी २४ सैं घण्टा चेकजाँचको व्यवस्था मिलाइ अवैध चोरी निकासी नियन्त्रण गरिएको, खुदी बजारमा र धमिलिकुवामा २४ घण्टे चेकपोष्ट राखिएको यादव बताए। उनका अनुसार ललागु औषध नुफिन, फेनेरागन, डाईजेपाम गरेर १६५ सेट, गांजा ३ किलो ८६७ ग्राम, ट्याव्लेट एक हजार एक सय १० थान वरामद गरी १८ जनालाई पक्राउ गरी ८ वटा मुद्दा दर्ता गरिएको छ।

वेसीशहर वजार एरियामा २२ वटा, कार्यालयमा ८ वटा भोर्लेटारमा १२ वटा सिसिटिभीद्वारा मोनिटर गर्ने व्यवस्था गरिएको यादवको भनाई छ। उनका अनुसार जिल्लाको प्रवेशद्वार पाउदी ढिकमा अस्थायी प्रहरी पोष्ट स्थापना गरी २४सै घण्टा चेकजाँचको व्यवस्था मिलाइएको, क्व्होलासोथार गाउँपालिकाको केन्द्र मालिङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको, जिल्लामा जुवा तास खेल्ले कार्यलाई पूर्णरूपमा निषेध गरिएको, सो क्रममा ४२ जना पक्राउ गरी ६ मुद्दा वटा दायर गरिएको उल्लेख गरे।

जिल्ला प्रहरी कार्यालयको कार्य सम्पादनलाई थप पारदर्शी बनाउन सिसिटिभी क्यामेराबाट निग्रानी गर्ने व्यवस्था मिलाईएको, विप्लवको कार्यकर्ता पक्राउ गरी तीन वटा मुद्दा दायर, विप्लवको गतिविधि पूर्ण रूपमा नियन्त्रण गरिएको प्रनाउ ढकालले बताए।

सो अवधिमा प्रतिवादी दुई सय पाँचजना पक्राउ गरी एक सय ६१ लाई मुद्दा दर्ता, फरार अपराधी १३ जना पक्राउ तथा महिला र वालवालिका विरुद्धको अपराधमा शून्य सहनशीलताको नीति व्यवहारिक कार्यान्वयन गरिएको जानकारी दिए।

प्रनाउको कार्य विवरणमा अपराध न्यूनीकरणको लागि समुदायसंग सहकार्य गरेर समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अन्तर्गत विभिन्न सचेतनामुलक कार्यक्रम १२४ वटा, समिति गठन २११, विद्यालय सम्पर्क कार्यक्रम १२ वटा सञ्चालन गरिएको आदि उल्लेख छ।

सो अवसरमा पत्रकार महासंघको तर्फबाट संघका अध्यक्ष आश गुरुङ कोषाध्यक्ष शान्ता कमलीसहितले खादा लगाएर प्रनाउ यादवको विदाई गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width