राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कास्कीको आयोजनामा अन्नपूर्ण गाउँपालिकामा बुधवार सार्वजनिक सुनुवाई तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले पुननिर्माण कार्यक्रममा वास्तविक भूकम्प पीडित सहभागी हुन नसकेको भन्दै गुनासो गरे। उनले राज्यको सेवा सुविधा पहुँचवाला व्यक्तिले मात्रै परिचालन गरेको भन्दै समस्याको समाधानका लागि गाउँपालिका प्रतिबद्ध रहेको समेत औँल्याए।
वडा नं. १, २ र ३ का भूकम्प पीडित लाभग्राहीको सहभागिता रहेको उक्त कार्यक्रममा लाभग्राहीका गुनासालाई गाउँपालिका अध्यक्ष कुँवर, जिल्ला आयोजना प्रमुख नवराज शर्मा र इञ्जिनियर लक्ष्मण जिसी तथा प्रभात लामिछानेले सम्बोधन गरेका थिए।
आयोजना प्रमुख शर्माले वास्तविक भूकम्प पीडितलाई दिइने अनुदान कार्यक्रमलाई सहज र प्रभावकारी बनाउन साथै त्यहाँका जनताको गुनासोलाई माथिल्लो निकायमा पुर्याउन आफुले ठोस पहल गर्ने प्रतिवद्धता जनाएका थिए।
उनले पूर्ण क्षतिमा परेका लाभग्राहीलाई आफ्नो घर भत्काई सरकारको पुनर्निर्माण कार्यमा सहयोग गर्न पनि आग्रह गरेका थिए। आयोजना प्रमुखले पुनःर्निर्माण कार्यमा सहभागी कर्मचारीलाई पुनःनिर्माणको कार्यलाई छिटो छरितो रुपमा संचालन गर्नका लागि निर्देशन समेत दिए। गाउँपालिकाका अध्यक्ष कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला आयोजना कार्यान्वयन इकाई कास्कीका सूचना अधिकारी तथा फेकल पर्सन लेखबहादुर क्षत्रीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
प्रधानसम्पादक बास्तोला सम्मानित
बगनासकालीको वार्षिक समीक्षा
करेन्ट लागेर ससुरा–बुहारीसहित ३ जनाको मृत्यु
चुनाव मिति आज तोकिने
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९संघीय संसद् र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा
श्रावण १९, २०७९