नागीधार बहुउद्देश्यीय खेलमैदान निर्माणका लागि सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७६
62000113_410801606189490_960546728258306048_n

पोखरा २३ जेठ । कास्कीको मादी गाउँपालिका– ८ मा नागीधार सिर्जनशील युवा क्लबले निर्माण गर्न लागेको नागीधार बहुउद्देश्यीय खेलमैदानका लागि सहयोग प्राप्त भएको छ ।

नागीधार गाउँ हाल अमेरिकामा बसोबास गर्दै आएका कास्की समाज अमेरिकाका अध्यक्ष रहेका कुलप्रसाद गुरुङको पहलमा कास्की समाज अमेरिकाबाट ५५ हजार ५ सय ५० सहयोग प्राप्त भएको छ । त्यस्तै युएईमा रहेका नागीधारबासी दाजुभाइ दिदीबहिनीहरुबाट १ लाख ५९ हजार १ सय ११ प्राप्त भएको छ ।

हालै अमेरिकाबाट नेपाल आएका समाजसेवी कुलप्रसाद गुरुङ र युएईबाट नेपाल आएका सहयोगी प्रतिनिधि मिलन विक लाई क्लबले स्वागत एवं हस्तान्तरण कार्यक्रम गरि सहयोग रकम प्राप्त गरेको हो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै समाजसेवी कुलप्रसाद गुरुङले अगामी दिनहरुमा पनि गाउँको विकास कार्यमा आफ्नो सधैं साथ र सहयोग रहने बताए ।

त्यस्तै अर्का सहयोगी प्रतिनिधि मिलन विकले पछिल्लो समयमा गाउँ बिकासका लागि युवा क्लबले खेलेको भूमिकालाई प्रसंशा गर्दै निरन्तर लाग्नुहुन आग्रह गरे । साथै युएईमा आफुहरुले गाउँमा आपत विपत पर्दा सहयोग गर्ने उदेश्यले अक्षयकोष समेत स्थापना गरेको जानकारी दिए । झन्डै १४ रोपनी जग्गा क्षेत्रफलमा सेभेन ए साइड खेलमैदान, भलिबल मैदान, खानेपानी धारा, शौचालय, मंच एवं स्टेज, रेलिङ निर्माण, जाली लगाएर घेराबार निर्माण, प्रतीक्षालय निर्माण, स्वागत गेट निर्माण, गोरेटो बाटो निर्माण लगायत योजनाहरु निर्माण गर्ने क्लबको उदेश्य रहेको छ ।

क्लबका यी बहुउद्देश्यीय योजनाहरु सार्वजनिक गरिए लगत्तै नागीधार गाउँ हाल पोखरामा बसोबास गर्दै आएका समाजसेवी हवल्दार नर बहादुर गुरुङले आफ्ना बुबा आमा को स्मृतिमा खानेपानी धारा आफ्नो परिवारले निर्माण गरिदिने भएको छ ।
निर्माणाधिन अवस्थामा रहेको उक्त बहुउद्देश्यीय खेलमैदानका लागी मादी गाउँपालिका वडा नम्बर ८ को कार्यालयले २ लाख, समाजसेवी स्व. खड्ग जङ्ग गुरुङले ५० हजार यस अघि नै सहयोग गरिसकेको छन् भने नागीधार गाउँका स्थानीय गणेश घले, मोहन घले, हेम बहादुर गुरुङ, ओमदेवि गुरुङ, मोट बहादुर गुरुङ, होम बहादुर गुरुङ, बेलमाया गुरुङ जङ्ग बहादुर गुरुङ, लालकाजी गुरुङ लगायतले जग्गादान गरेका छन् ।

मेला महोत्सव सन्चालन गर्ने, युवालाई खेल क्षेत्रमा आबद्ध गराइ कुलतबाट कम एवं छुटकारा गराउने, खेलकुद कार्यक्रमहरु आयोजना गरि खेलकुद विकास तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लगायत विविद उदेश्यले उक्त बहुउद्देश्यीय खेलमैदान निर्माण गर्न लागिएको हो । क्लबका कार्यसमिति सदस्य कैलाश गुरुङले सन्चालन गरेको सो स्वागत एवं रकम हस्तान्तरण कार्यक्रममा नागीधार सेवा समिति पोखराका अध्यक्ष राजकुमार गुरुङले युवा क्लबको यस अभियानलाई हामी सबैले चासो लिएर सफल पार्नुपर्ने बताएका थिए । कार्यक्रम क्लबका अध्यक्ष ओमप्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा हाफ म्याराथन हुने

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    लेखनाथ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा शनिबार हाफ म्याराथन हुने भएको छ…
  • प्रदेशस्तरीय पुरुष बास्केटबल सुरु

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना पोखरा रंगशालामा बिहीबारदेखि गण्डकी प्रदेशस्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरू भएको छ । ३…
  • टेबलटेनिस खेलाडीको छनोट

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा कास्की जिल्ला टेबलटेनिस संघको व्यवस्थापनमा गण्डकी प्रदेशस्तरीय टेबुलटेनिस प्रतियोगिताको लागि कास्कीका खेलाडी…
  • अन्तरसामुदायिक विद्यालयस्तरीय छात्रछात्रा क्रिकेट सुरु

    आदर्श समाज सम्वाददाता जेठ २५, २०८०
    पोखरा । दोस्रो संस्करणको ब्रेकिङ बाउन्ड्रिज कास्की जिल्लास्तरीय अन्तरसामुदायिक छात्रछात्रा टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । पोखरा क्रिकेट…
  • गण्डकी कबड्डी संघमा पवन

    आदर्श समाज सम्वाददाता जेठ २४, २०८०
    पोखरा । पवनकुमार प्रजापतीको अध्यक्षतामा १२ सदस्यीय गण्डकी प्रदेशस्तरिय कबड्डी संंघ गठन भएको छ । पोखरामा मंगलबार प्रथम अधिवेशनले पोखरा…

hero news full width