लमजुङ, २३ जेठ । लमजुङको सुन्दरबजार नगरपालिका– २ को हाँडेटार क्षेत्रमा खानेपानी हाहाकार भएको छ । सुख्खायाम बढेसँगै गाउँमा खानेपानी अभाव बढ्ने गरेको नियति हाँडेटारका सर्वसाधरण लामो समयदेखि भोग्न बाध्य हुँदै आएका छन् ।
हाँडेटार अन्र्तगतका कुमालगाउँ, पाण्डे गाउँ, खहरेटार, साँघुटार क्षेत्रका बासिन्दाले खानेपानीको सास्ती भोग्दै आएको स्थानीय शिक्षक राजेन्द्र बसेलले बताए । उनका अनुसार ठुल्टारस्थित शान्ति एकता टोलमा रहेको सार्वजनिक धारोमा सानो पानी आउने र गाउँका सबैले त्यहींबाट पानी उपभोग गर्ने हुँदा आवश्यकता अनुरुप पानी पुग्दैन ।
टारको कुनामा रहेको गाउँसे ढापमा रहेको मुलबाट पानी ल्याईएको छ । मुहानमै पानी सानो भएकाले धारोमा पनि सानो आउने र त्यसले उपभोक्ताको मागलाई नधान्ने स्थानीय सिरमाया कुमालले बताए । मुहानमा पानी थुनिने, वितरण लाईनको ठाउँ–ठाउँमा अवरोध आउने जस्ता समस्याले पटक–पटक मर्मतसम्हार गर्नुपर्ने अवस्था सिर्जिने गरेको उनको भनाई छ ।
सो गाउँकी ७५ वर्षीया रश्मी कुमालले प्रत्येक वर्ष हिउँदको समयमा गाउँमा खानेपानीको निकै समस्या हुने गरेको बताउनु भयो । उहाँका अनुसार विवाह भएर गाउँमा बुहारी बनेर आएको दिनदेखि नै वर्षेनी यो समस्या देख्दै र भोग्दै आएको बताउछन् । उनले भने ‘हाम्रो भन्दा दुःख भएको कति गाउँठाउँमा पानीको कस्तो सुविधा भइसक्यो भन्छन् । खै, हाम्रो गाउँमा त जैले हेरे नि यस्तै छ ।’ उनका अनुसार मैले थाहा पाएदेखि नै यो गाउँमा खानेपानीको यस्तै दुविकाल छ ।’के कामकाजी महिला के गृहिणी सबैको समय खानेपानीको जागाड गर्दैमा वित्ने गरेको छ ।
गाउँमा बोरिङबाट समेत पानीको व्यवस्था गरिएपनि सो पानी पिउनयोग्य नहुँदा स्थानीयलाई थप सास्ती भएको छ । गाउँमा पर्याप्त पानी नहुँदा सयौं परिवारले वर्षौंदेखि समस्या भोग्दै आएको जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेको जन्मगाउँसमेत हो हाँडेटार । पाण्डेले भने, ‘मैले आमाको चौरासी पुजा लगाउँदा ६ हजारको पानी किनेर काम चलाएँ, अवस्था यस्तो छ । आफु ठाउँमा पुगेको भन्दै स्थानीयले मुखै फोरेर खानेपानीको योजना ल्याउन आग्रह गर्दै आएको र सम्बन्धित कार्यालयमा एकसरो माग राखेको उनको भनाई छ । हिउँदमा मात्रै नभई वर्खायाममा पनि खानेपानी समस्या हुने स्थानीय बताउँछन् ।
Related News
सम्बन्धित समाचार
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
अन्नपूर्णको नीति कार्यक्रम माथि छलफल
नर्सको मनोबल बढाउन अन्तक्र्रिया
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
प्रमुख सचिवलाई अब प्रदेश र स्थानीय तहका कर्मचारीको असाधारण बिदा स्वीकृत गर्ने अधिकार
hero news full width
मुख्य समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०