पोखरा, २३ जेठ । कास्कीको मादी गाउँपालिकास्थित सिद्ध आधारभूत विद्यालयको खेलमैदान निर्माण गर्दा भएको भष्ट्राचारमा कर्मचारी मुछिएको सम्बन्धी समाचारमा केही सञ्चार माध्यमले पोखरा महानगरपालिकालाई जोडेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महानगरका प्रवक्ता धनबहादुर नेपालीले बिहीबार जारी गरेको विज्ञप्तिमा युवा तथा खेलकुद मन्त्रालयबाट विनियोजित बजेट दुरुपयोगमा मुछिएका कर्मचारी तत्कालीन समयमा पोखरा महानगरपालिकामा कार्यरत नभई जिल्ला समन्वय समितिमा रहेको र समायोजनपछि मात्र महानगरमा आएको स्पस्ट पारिएको छ ।
‘उक्त भष्ट्राचारमा मुछिएका कर्मचारी पोखरा महानगरमा आउनुभन्दा अघिको कामसँग सम्बन्धित भएकाले सत्यतथ्य बुझेर समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
आरोप लागेका मध्ये २ कर्मचारी हाल यस महानगरमा कार्यरत रहेको र एक जना कर्मचारी सरुवा भइसकेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त हुने पत्रअनुसार कानुन वमोजिम प्रक्रिया अगाडि बढ्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका विद्यार्थीलाई पोसाक, सल्लाहकारलाई सम्मान
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
बालोदयमा विद्यार्थीको चुनाव
व्यावहारिक शिक्षा सिकाउँदै फेदीखोला
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०